आजको पञ्चाङ्ग एवम् राशिफल (२२ साउन २०८१ मंगलबार, ६ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ साउन २०८१ मंगलबार, ६ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण २२ गते तद्अनुसार सन् २०२४ अगस्त ६ तारिख मंगलबार श्रावण शुक्ल द्वितीया तिथि मघा नक्षत्र वरियान योग बालव पर तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४७ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर आफन्त एवम् साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुऱ्याउनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला ।

वृष – शत्रु वा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । मनोरन्जनमा समय ब्यतीत हुने देखिन्छ । आज आयआर्जन पनि राम्रै हुने योग छ । ऐश्वर्य र प्रेमभाव बढ्नेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ । परिवारिक सुख रहनेछ ।

मिथुन – आज सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ, तर पनि वित्तादि लाभ हुने दिन छ । कृषिमा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ । पढाइलेखाइमा भने समय दिन नसकिएला । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्ने सम्भावना रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । रुपैयापैसा हराउन सक्छ, सावधान रहनु होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । रसरागमा भने आकर्षण बढ्नेछ ।

सिंह – सानातिना काममै समय बित्ने दिन रहेको छ । काम बिग्रने डरले सताउला । जथाभावी वचन दिने प्रवृत्तिले कष्ट पुऱ्याउन सक्छ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, सचेत रहनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने देखिन्छ । ब्यवसायमा भने फाइदा हुने योग छ । आरोग्यता रहनुका साथै रसरागको भाव वृद्धि होला ।

कन्या – आजको दिन सानो प्रयत्नले ठूलो काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने तथा सजिलै काम बन्नाले उत्साह जाग्ने देखिन्छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । मंगलमय कृत्य सम्पादन गर्ने योग छ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउला । सफलताको लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कृषिसम्बन्धी कर्मबाट सोचेको लाभ नउठ्न सक्छ, ख्याल राख्नुहोला । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात पर्ने योग छ । आयबल बढ्नेछ ।

वृश्चिक – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न कठिन पर्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुने र पढाइलेखाइमा पनि खासै मन नजाने योग छ । धेरै लगानीपछि कममात्र प्रतिफल पाइएला । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । पठनपाठनमा पनि प्रगति हुनेछ । तथापि, काम बिग्रने डरले सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सचेत रहनुहोला । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ । निरर्थक कर्मतर्फ मन बहकिन सक्छ ।

मकर – लाभदायी काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीमा राम्रो फाइदा हुने देखिन्छ । मातृ सहयोगबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च गराउन सक्छ ध्यान राख्नुहोला । जोखिम बढेपनि शत्रुलाई जित्ने सामर्थ्य रहनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आजको दिन बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । तपाईंका कार्यक्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले विशेष सजग भइ व्यवहार गर्नुहोला । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मीन – दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले आज झुक्याउन सक्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्छ ।