बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ ।
जियालाई उहाँका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उहाँको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भागेकी छन् ।
दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम-बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।
७६ वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गगरे । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो । जिया प्रमुख विपक्षी बङ्गलादेश नेशनल पार्टी (बिएनपीं)को अध्यक्ष हुन् । पार्टी प्रवक्ता एमके एम वहिदुज्जमानले मङ्गलबार भनेका छन्, “अब उहाँ रिहा हुनुभएको छ ।”
जियाको स्वास्थ्य अवस्था खराब छ । गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी उनी ह्विलचेयर प्रयोग गर्दछिन् ।
दशकौँ लामो झगडा
जिया र हसिनाबीचको दुश्मनीलाई बङ्गलादेशमा ‘बेगमहरूको लडाइँ’ को नामले जानिन्छ । ‘बेगम’ दक्षिण एसियामा शक्तिशाली महिलाहरूका लागि मुस्लिम सम्मान हो । उनीहरूबीचको झगडाको जरा सन् १९७५ को सैन्य विद्रोहमा हसिनाका पिता तथा मुलुकका संस्थापक नेता शेख मुजिबुर रहमान, उनकी आमा, तीन भाइ र अन्य आफन्तहरूको हत्यासँग जोडिएको छ ।
त्यसबेला जियाका श्रीमान् जियाउर रहमान उपसेना प्रमुख थिए र तीन महिनापछि उनले प्रभावकारीरूपमा सत्ता हातमा लिएका थिए ।
रहमानले गरिबीले ग्रस्त बङ्गलादेशमा निजीकरणका साथ आर्थिक सुधारको प्रारम्भ गरेका थिए, तर सन् १९८१ मा अर्को सैन्य विद्रोहमा उनको हत्या गरिएको थियो ।
उक्त समयमा दुई जवान छोराकी ३५ वर्षीया विधवा जियालाई बिएनपीको जिम्मेवारी प्राप्त भयो । आलोचकहरूले राजनीतिकरूपमा अनुभवहीन गृहिणीका रूपमा उनको जिम्मेवारीलाई खारेज गरेका थिए ।
जियाले तानाशाह हुसेन मोमम्मद एर्शादविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गरे र सन् १९८६ मा नकली निर्वाचनको बहिष्कार गर्दै सडकमा विरोध प्रदर्शन गगरिन् । जिया र हसिना सन् १९९० मा विरोध प्रदर्शनको लहरमा एर्शादलाई सत्ताच्यूत गर्न एकजुट हुनुभयो र त्यसपछि बङ्गलादेशको पहिलो स्वतन्त्र निर्वाचनमा उनीहरू आमनेसामने भए ।
जियाले सन् १९९१ देखि सन् १९९६ सम्म निर्वाचन जिते र सरकारको नेतृत्व गरे । त्यसपछि सन् २००१ देखि सन् २००६ सम्म सत्ता सम्हाले । जिया र हसिनाले पटकपटक सत्ताको नेतृत्व गरे ।
आपसी वैमनस्य
सन् २००७ को राजनीतिक सङ्कटका लागि उनीहरूबीचको आपसी वैमनस्यलाई दोषी मानिएको थियो । यसबाट सेनालाई आपत्कालीन शासन लागू गर्न र कार्यवाहक सरकार गठन गर्न प्रेरित गरेको थियो । दुवैलाई एक वर्षभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो ।
हसिनाले सन् २००८ डिसेम्बरमा भारी मतका साथ निर्वाचन जितिन् र सोमबार हेलिकप्टरबाट भारत पलायन हुनुअघिसम्म निर्वाध सरकारको नेतृत्व गरिन् ।
उनले बिएनपीका हजारौँ सदस्यलाई पक्राउ गरेर सत्तामाथिको नियन्त्रणलाई बलियो बनाएकी थिइन् । सयौँ मानिस बेपत्तासमेत भए । जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो र कारागार पठाइयो । यसलाई उनको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गऱ्यो ।
पछि राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उहाँलाई घरमै जनरबन्दमा राखिएको थियो ।
छोरा निर्वासनमा
सन् १९९० को दशकको प्रारम्भमा बङ्गलादेशको अर्थतन्त्रलाई उदारीकरण गरेकामा जियाको पहिलो मन्त्रिपरिषद्को प्रशंसा गरिएको थियो । यसबाट दशकौँको वृद्धिलाई बढावा दिएको छ ।
यद्यपि इस्लामवादी–सहयोगी गठबन्धनका प्रमुखका रूपमा उनको दोस्रो कार्यकाल उनको सरकार र छोराहरू विरुद्ध भ्रष्टाचारको आरोपले चिनिएको थियो ।
बङ्गलादेशमा इस्लामवादी आक्रमणको शृङ्खला पनि भयो र एक आक्रमणमा २० भन्दा धेरै मानिस मारिए र हसिना आक्रमणबाट मुस्किलले बच्यो ।
जियाद्वारा गठित अपराधविरोधी ऱ्यापिड एक्सन बटालियन प्रहरी एकाइमाथि सयौँ गैरन्यायिक हत्याको आरोप छ ।
जिया कारागारमा हुँदा उनका जेठो छोरा तारिक रहमानले लन्डनमा निर्वासनबाट बिएनपीको नेतृत्व गर्नुभयो तर सन् २००४ मा हसिनाको ऱ्यालीमाथि भएको बम हमलामा कथित भूमिकाका लागि उनलाई उनको अनुपस्थितिमा दोषी ठहर गरियो र आजीवन कारागारको सजाय सुनाइयो ।
बिएनपीले उक्त आरोप जियाको वंशलाई राजनीतिबाट निष्कासन गर्न राजनीतिक रूपमा प्रेरित प्रयास भएको बताएको थियो ।
प्रतिक्रिया