कवि मणि लोहनीलाई साहित्यिक पत्रकार सङ्घले ‘व्यथित काव्य सम्मान-२०८१’ प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान-२०८१’ कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
युवा पुस्ताका चर्चित कविर कथाकार मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । मानिसका प्रेम र सम्बन्धमाथि कवितारकथा लेख्ने उनी पछिल्लो समय मृत्यु र त्यसपछिको महाशुन्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गरेका छन् । युवा वर्ष मोती पुरस्कार, राष्टिय कलाश्री युवा पुरस्कार, सर्वोकृष्ट कथा पुरस्कार लगायत एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित मणिका कथा र निवन्ध विद्यालय स्तरमा पढाई हुन्छ । उनका कथा कविता एक दर्जनभन्न्दा बढि विभिन्न विदेशी भाषामा अनुवाद भएका छन् ।
कवि मणि लोहनीका आन्दोलनले छट्पटाएका कलमहरु, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै ९संयुक्त० कविताकृतिहरु सहित असहमतिका पाइलाहरु, परास्त प्रेम, निर्वस्त्र मन कथाकृतिहरु प्रकाशित छन् ।
यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट कवि सुरेन उप्रेतीको आजका स्वरहरु कविता सग्रह २०५३ प्रकाशित छ ।
वि.स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, मेघराज मन्जुल, उषा शेरचन, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, श्रवण मुकारुङ लगायत सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया