आजको पञ्चाङ्ग एवम् राशिफल (२७ साउन २०८१ आइतबार, ११ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ साउन २०८१ आइतबार, ११ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन २७ गते तद्अनुसार सन् २०२४ अगस्त ११ तारिख आइतबार श्रावण शुक्ल पक्षको सप्तमी तिथि स्वाती नक्षत्र शुभ योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४३ मा हुनेछ । रविसप्तमी व्रत, गोस्वामी तुलसीदास जयन्ती ।

आजको राशिफल

मेष – रचनात्मक काममा जुट्ने समय छ । नियमित काम पनि रमाइलो तरिकाले गर्न पाइएला । महत्वपूर्ण योजनामा समेत सामान्य प्रयासबाटै सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइको सहयोग जुट्नेछ । प्रेमभाव वृद्धि र दाम्पत्य सुख बढ्नेछ । सन्तानपक्षबाट सन्तोष प्राप्त होला । समग्रमा अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदको भाव सिर्जना हुनेछ ।

वृष – आजको दिन ब्यस्तता बढ्ने देखिन्छ । परिश्रमका बाबजुद उपलब्धि भने कमैमात्र मिल्ला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने र निर्णय गलत ठाउँमा पर्नसक्ने सम्भावना छ । कसैसँग विवाद पर्नसक्ने योग भएकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । घर–गृहस्थीमा खटपट र स्वास्थ्य पनि केही कमजोर रहने समय छ । यात्रापरक काम बन्नेछ ।

मिथुन – मनमा दुबिधा रहन सक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि ब्यापारबाट राम्रै लाभ हुनसक्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । सामाजिक काममा रुचि बढ्ला । प्रेमभावका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्ला ।

कर्कट – ब्यस्तता बढ्नेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने देखिन्छ । यसबाट मान प्रतिष्ठा पनि वृद्धि गर्ला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुने योग छ । काम बन्नाले मन रमाृउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । शिक्षा क्षेत्रमा रहेकालाई थप शुभ हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जानेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनसक्छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सजग रहनुहोला । यात्रा रमाइलो रहनेछ । स्वास्थ्य सबल रहला । रसरागको भाव वृद्धि हुनेछ, तर आजको दिन विपरीतलिङ्गीसँग जोगिएर व्यवहार गर्नु हितकर हुनेछ । सामान्य खर्च केही वृद्धि होला ।

कन्या – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । खर्च वृद्धि हुने योग रहेकोले फजुल खर्चबाट जोगिनका लागि विशेष प्रयत्न गर्नु हितकर रहला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – आर्थिक पक्ष सबल रहने र चुनौतीहरू सजिलै पार लाग्ने समय छ । बुद्धिविवेकले राम्रो काम गर्नाले महत्वपूर्ण विषयमा अनायासै ठिक निर्णय हुने योग छ । आज घरमा पाहुना आगमन हुनसक्ने देखिन्छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । धन सम्पदामा बढोत्तरी होला ।

वृश्चिक – आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । कसैबाट उपहार मिल्ने योेग छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । सामर्थ्य वृद्धिका साथै रोकिएको काम बन्नेछ । आरोग्यता रहनेछ । शत्रु पक्ष कमजोर सावित हुनेछ ।

धनु – सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान दिलाउने समय छ । घरायसी समस्याले सताए पनि सामाजिक कार्यमा सफलता मिल्नेछ । मित्र वर्गबाट साथ-सहयोग पाइएला । राम्रै कमाइ हुनाले मन सन्तुष्ट रहनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल बढ्नेछ । खर्च केही बढेपनि नयाँ काम गर्दै हुनुहुन्छ भने उचित समय छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । स्वास्थ्यगत दृष्टिले समय आफ्नो पक्षमा नरहला, विशेष सजगता अपनाउनु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – दिन खासै उपलब्धिपूर्ण नरहला । मन लगाएर कर्म गरेपनि सोचेजस्तो सफलता नमिल्न सक्छ । स्वास्थ्य केही कमजोर रहला, जसले गर्दा नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने योग छ । बन्न लागेको काम बिग्रन सक्ने योग रहेकोले सजगताको दरकार छ ।

मीन – दौडधुप बढेपनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । ब्यवसायबाट भने लाभ होला । व्यापारमा राम्रै धनलाभ होला । आर्थिक पक्ष आज सन्तोषजनक रहनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ । साझेदारीको काम बन्नेछ ।