✍ मुकुम नेम्वाङ
सन्दर्भ
यस अध्ययनमा नेपालको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङका उच्च हिमाली क्षेत्र पर्दछन् । नेपाल, भारत, चीन सिमानास्थित बसोबास क्षेत्र, पर्यटकीय क्षेत्रलगायत इतिहास, धर्म संस्कृति र भूगोलको आफ्नो खालको अस्तित्व पहिचान छ । जैविक विविधिता भएको, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, किरात धार्मिकहरूको आस्थाको केन्द्र फक्तालुङ (कुम्भकर्ण) हिमाल, प्राकृतिक सुन्दर, मनोरम दृश्य, स्वच्छ हावापानी, लोपोन्मुख जीवजन्तु र ऐतिहासिक क्षेत्रहरूका कारण यस क्षेत्रमा बिदेशी पर्यटकहरूको भ्रमण हुने गर्छ । र, भारत, चीनसँग सीमाना पर्छ । चीन स्वसासित क्षेत्र तिब्बतसँग जोडिएको कारण भाषा, धर्म संस्कार, सस्कृति रिति रिवाज भेषभुषा मिल्न जान्छ । ताप्लेजुङ सदरमुकामदेखि धेरै टाढा भएकोले, राज्यको कम उपस्थिति छ । मुन्धुम दर्शनअनुसार फक्तालुङ (कुम्भकर्ण) मानव श्रुस्ती देखि, विश्व ब्रहण्ड केन्द्र मानिने भएकोले धार्मिक रुपमा यो क्षेत्रको महत्व छ । धार्मिक नेता दलाई लामा चीनबाट निर्वासितसँगै धेरै अनुयायीहरू यो क्षेत्रमा शरणार्थी भएर बसेका छन् । आज पनि तिब्बतियन शरणार्थीहरू पश्चिममा शक्तिहरूको सहयोगमा बसेका छन् ।
जलबायु परिबर्तन विश्वको समस्या हो । त्यसको प्रमुख असर हिमाली क्षेत्रका हिउँ पग्लिएर जानु, हिमपात हुनु र समुन्द्र सतह उचालिनु नै मानव जीवनका चुनौती हुन् । हिमाली क्षेत्र पानीको श्रोत्र हो । दुर्लभ पदार्थ तथा खनिज तत्वहरू पनि हुन सक्ने अध्यनले देखाएको छ ।
भौगोलिक सीमा नाका
ताप्लेजुङ जिल्लाको पूर्बी र उतरी क्षेत्र अधिकाश हिमाली क्षेत्र पर्दछ । बिश्वको धेरै उच्च स्थानमा रहेको मानव बस्ती याङमा यही क्षेत्रमा पर्छ । चीन स्वसासित क्षेत्र तिब्बत सीमानासँग जोडिएको घाङला पास, लोनकदेखि माथि चबुकला पास (६०१०मिटर), झिंगझाङला पास तिपताला पास यही क्षेत्रमा पर्छ । पूर्ब क्षेत्रमा भारत सीमाना जोडिएको छ । पौराणिक ग्रन्थकालदेखि इतिहासकाल र बर्तमानकालसम्म यी नाकाबाट व्यापारिक केन्द्र बन्दै आएको छ । उच्च क्षेत्र भएकोले धेरै हिउँ पर्ने, अप्ठ्यारो क्षेत्र, अत्यधिक चिसोको कारण सधै हिउँ रहने हुनाले चीन सिमाना र भारत सिमाना त्यति सरल र सहज छैन । खेतीपातीमा उवा, जौ, आलुबाहेक नहुने भएपनि पशुपालन नै मुख्य पेशा हो । सदरमुकामदेखि पैदल ३ दिनको समयमा मात्र यो क्षेत्रहरूका बस्तिमा पुगिन्छ ।
ताप्लेजुङका हिमाली मानव बस्ती करिब ३४७५ मिटर उचाइमा पर्ने घुन्सा एक ठुलो बस्ति हो । कञ्चनजघा उत्तर आधारशिविर र फक्तालुङ (कुम्भर्कण) तीर्थ यात्रीहरूका लागि यो घुन्सा ट्रान्जिट महत्वपूर्ण छ । रानीपुल, जापानटार, अमजिलेसा, ग्याब्ला, फले, घुन्साहुँदै खाम्बेचन, लोनाकनर्थ कन्चनजंघा बेस क्याम्प पुगिन्छ । जेराम, राम्जेहँुदै साउथ बेसक्याप पुगिन्छ । राम्जेदेखि ४ किलोमिटर गुनाकपासबाट, भारत सिक्किमको पास सीमाना छ । एचएम क्यापदेखि भारतीय पर्यटकहरू यो मार्ग प्रयोग गरेर आउने कुरा बताउँछन । भारत सिकिमपासमा ह्लाकपास, चुम्बकपास, तिम्बुपोखरी क्षेत्र र चियाभन्याङपासबाट हिमाली क्षेत्रलाई जोडेको छ । यी नाकाहरू र बाटो भारत चीन ब्यापारसहितको दौत्य सम्बन्ध जोड्ने हिमाली बाटो हो । दक्षिण हिमाली क्षेत्रका बस्तु तथा अन्य चीनिया बस्तु यही बाटोहुँदै ओसार पसार गर्ने रुट हो । करिब २०० बर्षअघि नै यो क्षेत्रको यात्रा पश्चिम मुलुकका डाल्टन हकरले गरेर यस क्षेत्रको बारे लेखेका छन । बनस्पति लोपोन्मुख बन्यजन्तु, सुन्दर हिम श्रुखलाका चुचुराहरू, क्षितिजसँग छुने अनकन्टार भिर, ग्यालेसीयर खोलानाला, कहीँ फाँट भ्याली ताल (लेक) हरू भेट्न सकिन्ने प्रचुर पर्यटन विकासको सम्भावना बोकेको क्षेत्र हो ।
भू-राजनीतिक अवस्था
चीन भारत अर्थ शक्तिको रुपमा उदाउँदै गरेका देश हुन् । विश्वमा जनसंख्या धेरै भएका मुलुक पनि हुन् । दुई राष्ट्रका विदेश नीतिअनुसार नेपालले पनि आफ्नो तीतिलाई केही साझेदारिता अपनाउने भएमा सहयोगात्म भू-राजनीतिक सन्तुलन भूमिका निर्वाह गर्न जरुरी छ । चीन भारतसँग सम्बन्धलाई जोड्ने भूमिका सरल सहज छिमेकी राष्ट्रको नाताले निर्वाह गरि दुई देशबाट फाउदा लिने नीति अपनाउनु पर्छ ।
कन्चनजघा हिमाल
विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा (८८५६० मिटर) ताप्लेजुङ जिल्लाको फ्क्ताङलुङ गाउपालिका ७ मा पर्छ । पूर्बमा भारत सीमाना र उतरमा चीन सिमाना जोडिएको छ । धेरै हिम शुखला नागोला, नाप्चु, छ्याङ (पीक) छन । पर्यटकीय तथा वातावरणीय अध्ययन अनुसन्धानका लागि राम्रो क्षेत्र मानिन्छ । जैविक बिधिता, सास्कृतिक आधार, हिमाली पदमार्गलगायत मनोरञ्जन विषय सूचीमा बिश्वको १० क्षेत्रमध्ये यो क्षेत्र प्रमुख मानिन्छ । कन्चनजंघा हिमाल क्षेत्रको बिकास सम्बन्धी तथा परिवर्तनको प्रचुर सम्भावना छ । तर यसको लागि बाहय चुनौतीहरू छन । राजनीतिमा परिवर्तित रुपान्तरण रणनीति, नीति तथा योजनामा स्थिरता नभएकोले असर परिरहेको छ । हिमाली सीमानामा हुने नीति तथा कानुनले त्यहाँको जनजीवनलाई प्रभाव पार्छ । कन्चनजंघा नेपाल र कन्चनजंघा भारत पनि रहेको छ । सीमानासम्बन्धी सम्झौता सन्धि तथा प्राकृतिक परिबर्तन हुने सीमानाले त्यस क्षेत्रको विकासमा असर गर्नेछ । कन्चनजंघा बेसक्याप तथा पर्यटन बिकासका लागि प्रयोग गरिने साधन याक नै हुन् । याकको प्रयोग लागि ग्यालेसियर तथा प्राकृतिक परिबर्तन हुने भएकोले सीमाना लाइन क्रस गरेर पनि उपयोग गर्ने भएकोले यो पनि त्यस क्षेत्रका लागि एक समस्या हो ।
फ्क्ताङलुङ (कुम्भकर्ण) हिमाल)
फ्क्ताङलुङ हिमाल पनि ७७१० मिटर उचाइमाथिको हिमाल हो । फ्क्ताङलुङ हिमाललाई किराँत धर्मालम्बीहरूले पवित्र हिमालको रुपमा मान्छन् । मुन्धुमअनुसार ब्रम्हाण्ड श्रूस्ती संसारको केन्द्र यही हो । मानव जीव उत्पति सुरुवात क्षेत्र हो भनेर मुन्धुमअनुसार मान्यता छ । यहाँबाट नै मानव उत्पति, सभ्यताको विकास भएको मानिन्छ । यही विश्वासका साथ किराँत धर्मालम्बीहरू प्रत्येक वर्ष तीर्थयात्राका लागी फ्क्ताङलुङ आउने–जाने गरेका छन् । क्रिशियान समुदाय जेरुसलेम, मुस्लिमहरू मक्का र हिन्दुहरू काँशीलाई केन्द्र माने झैँ किराँतीहरू फ्क्ताङलुङ हिमाललाई मान्दछन् । तिब्बतीयन भाषामा या हिमाली भाषामा जुनु हिमाल (पबित्र हिमाल) भन्छन् । शेर्पा समुदायले पनि जुनु हिमालको पूजा गर्छन् । यो हिमाल क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व छ ।
मुन्धुम कथा केन्द्र
हिमाली क्षेत्र भन्दा तल्लो क्षेत्रमा अधिकाश लिम्बू समुदाय बसोबास गर्ने गर्छन् । ती समुदायको सस्कार, संस्कृतिलगायतका आस्था तथा विश्वास मुन्धुमका आख्यान श्रुति, स्मृतिमा आधारित छ । ताप्लेजुङ क्षेत्रमा रहेको नामाकरणसँग जीवतजगत सुरुवात, मानव जातिको विकासमा यही क्षेत्रको भूमिका रहेको छ । मुन्धुम ब्याख्या मुनातेम्बे (चीनको घाँसे मैदान) देखि सुरुवात हुने भएको छ । मुन्धुममा पाइन्ने स्थानको बयान क्षेत्रका अवशेष यही क्षेत्रमा रहेकोले मुन्धुमकालीन सभ्यता यही मानिन्छ । चीनसँगको प्राचीन इतिहास मिल्छ । यसलाई साँस्कृतिकसम्बन्धमा विकास गर्न सकिन्छ । अन्तररास्ट्रियसम्बन्ध कायम गर्न, साँस्कृतिक तथा ऐतिहासिक सिद्यान्तलाई अबलम्बन गरि, वर्तमान देशको सम्बधलाई प्रगाड बनाउन सकिन्छ । (पेभाकुम नेम्वाङ याङदेम्बा बंशावाली २०८०)
याङमा भ्याली
विश्वको उच्चाई क्षेत्रमा पर्ने, मानव बस्ती रहेको गाउँ नै याङमा (४४०० मिटर) हो । घर सख्या १६ वटामात्र भए पनि अहिले १० घरमात्र छन् । सुन्दर, मनोहक र भ्याली क्षेत्र हिमाली हिम चुचुरा वरिपरि देखिन्ने एक स्वर्गसँग तुलना गरिने क्षेत्र छ । करिब २०० बर्षअघि नै पश्चिममा वनस्पति बिज्ञ बैज्ञानिक डाल्टन हकारले भ्रमण र अध्यन गरि सकेको क्षेत्र हो । सुन्दर क्षेरतन ताल र नागमा ताल छन् । विश्वको दशौं उचाइ स्थानमा रहेको नेपालको तिलोचो ताल (४९१८ मिटर) भन्दा केही उचाइ स्थानमा नागमा (४९५६ मिटर) पोखरी छ । घाङला (६२०० मि) पासहुँदै तिब्बतको सीमाना क्षेत्रको रिद्युक बजार नजिक पर्छ । पूर्व हिमाली क्षेत्रको उत्तर नाका बजार चौरी तथा घिउ, छुर्पी, जडीबुटी, हस्तकलाका उत्पादन भएका बस्तुहरूको केन्द्र बजार र नेपालीहरूको दैनिक उपभोगीय बस्तु खरिद गर्ने बजार पनि रिद्युक नै हो । याङमाबासीले नेपालतर्फबाट ढुवानी धेरै महंगो र बाटो अप्यारो भएकोले चीन सीमाना बजार नै उपयुक्त छ, भन्ने स्थानीयको भनाइछ । तिब्बत क्षेत्र नजिक भएकोले सांस्कृतिक तथा सामाजिक परम्परागत वा बैबाहिक सम्बन्ध चलिरहेको छ । नेपालबाट पनि जाने र चीनबाट पनि ल्याउने गरेको पाइन्छ । तर कोरोना महामारीपछि चीन सरकारले पूर्णरुपमा नाका बन्द गरेपछि सबै किसिमका आवजावत बन्द भएको छ ।
याङमा उपत्यका र याङमा गाउँ १० मात्र बसोबास छ । (उचाइ ४४०० मिटर ओलाङचुङगोला तिपताला) ।
चीन नाका हाल चलेको नाका एउटा हो तर कोभिडदेखि बन्द छ । चीनसँग स्थलमार्ग जोडिएको नेपालको पूर्बी एक क्षेत्र हो । व्यापारिक नाका भएकोले यो बजारको महत्व छ । यो धेरै पुरानो बस्ती भएकोले यसको ऐतिहासिकता छ । राणाकालदेखि नै अधिकारिक राज्यबाट प्रत्यक्ष राज्य संचालन गर्न पाउने अधिकार प्रत्यायोजन गरेको क्षेत्र हो । गोवाले हिमाली क्षेत्रका बिभिन्न क्षेत्रको रेखदेख गरेर चीन नाकाको ब्यापार सम्झौतालगायत सीमा सुरक्षा गर्दै नागरिकको विषयमा सत्ता संचालन गर्ने राणाकालीन समयदेखि नै गोर्वागी प्रथा कायम गरेको थियो । ब्यापार, भन्सारलगायत जनताबाट कर राज्यलाई बुझाउन पर्ने सम्पूर्ण कार्य गोर्वाले गथ्र्याे । ताप्लेजुङ हिमाली क्षेत्र एक प्रसासनिक क्षेत्र भएकोले यसको महत्व छ ।
पुरानो गुम्बाहरू
नेपाल पुर्वी क्षेत्र ताप्लेजुङ उतर नाका, चीन सिमाना सजिलो नाका स्थल मार्ग बाट जोडिएको टिपताला हो । राजस्व भन्सार, सिमा सुरक्षा तथा व्यापारिक केन्द्र ओलाङचुङगोलामा छ । ओलाङचुङगोलामा करिब ८०० वर्ष पुरानो दिक्की छोर्लिंङ गुम्बा हो भन्ने अनुमान छ । अहिले नेपाल सरकार पुरातात्विक विभागबाट सरक्षण काम भइरहेको छ । यो विश्व सम्पदा रेकर्ड सूचीको लागि आवश्यक मापदण्ड पुग्ने या नपुग्नेबारे अध्ययन अनुसन्धान भैरहेको छ । गुम्बामा धेरै समय अगाडि तिब्बती नागरिक, रेम्पोचे, लामाहरू लगायत तीर्थस्थलको रूपमा आउने गरेको कथन छ । (वडा अध्यक्ष छितेन शेर्पा) यो गुम्बाको ऐतिहासिक महत्वसहित मानव विकास र सभ्यताको अध्यन तिब्बत सम्बन्धका विषयमा अध्यनको लागि सहज गर्नेछ । याङमा पुरानो गुम्बा सम्पा लुनडु, खाम्बाचेनमा थाङगेङ गुम्बा र घुन्सामा टासी छोलिङ गुम्बा सबैभन्दा पुरानो गुम्बा हो भनेर स्थानीय उटुक शेर्पा बताउँछन् । नया गुम्बा दर्ता हुने प्रक्रिया भैरहेको छ । शेर्पाहरूको नाम थर भए पनि यहा बस्ने सबै जातिहरू तिब्बत मुलका समुदाय छन् । कोही अघिल्लो समयमा, कोही पछिल्लो समयदेखि आवाद गरिआएको छ । धर्ममा तल्लो क्षेत्रमा किरात र माथिल्लो क्षेत्रमा बौद् धर्मालम्बीहरूको बसोबास छ । चीन सिमाना नजिक भएकोले धार्मिक सांस्कृतिक चालचलन तिब्बतीसँग मिल्दोजुल्दो छ ।
तिब्बती शरणार्थी ताप्लेजुङ
सन् १९५९ देखि १९६० सम्ममा तिब्बती शरणार्थी नेपाल प्रवेश भएको थियो । ओलाङचुङगोला नाका बाट वालुङमा आएर बसेको थियो । रेडक्रसको सहायता सगै हिमाली क्षेत्र भएकोले कृषी कर्ममा आबद्ध हुँदै दैनिकी चलाउदै आएको छ । चीन सरकारले तिब्बत क्षेत्र स्वसासित क्षेत्रमा गाभे पछी, धार्मिक नेता दलाई लामा निर्वासित भएको थियो । लामाका अनुयायी तथा तिब्बती जनता भारत धर्माशालामा शरण भएपछि, नेपालको नाका हुँदै भारत पुगेका थिए । कतिपय शरणार्थीहरू आज पनि यस क्षेत्रमा रहेका छन् । वालुङ ताप्लेजुङमा २८६ जना तिब्बती शरणार्थी छन् । कतिपय फर्किए, कति पश्चिममा मुलुकमा पुनः बास भएका छन् ।
स्थानीय लोब्साम शेर्पाको भनाइअनुसार दलाई लामाका सेनाहरू घाङ्ला पास हुँदै याङमादेखि ५ किलोमिटर तल जारीटारमा ठुलो हात हातियारसहित आएर क्याम्प खडा गरि बसेका थिए । आज पनि एउटा पत्थर (ढुंगा) याङमा राखिएको छ । एक किम्बदन्ती छ, जुन पत्थर शरणार्थीहरूले बोकेर आएका थिए जारीटारमा त्यस ढुंगाले दुःख दियो । पत्थरले अनौठो किसिमको व्यवहार देखाएपछि यसको उपाय के हो भनी अन्त्यमा पत्ता लगाउँदा, सपनामा त्यस ढुंगाले मलाई तिब्बत नै पुर्याउनु भनेपछि, फर्काउने क्रममा याङ्मादेखि माथि लान नसकेर त्यहीा राखेको कथन छ । ताप्लेजुङको खाम्बेचन, घुन्सा हुँदै फालेमा शरणार्थी क्याम्प खडा गरेर बसेको थियो । आज पनि त्यहाका शरणार्थी फाले, ग्याब्ला, याङमा लगायत हिमाली क्षेत्रमा नै बसोबास गरेको छन् । चीन सिमाना नाकाहरूबाट शरणार्थीहरू अहिले पनि अवैध रुपमा नेपाल चीन लुकी चोरी आउने जाने परिवार भेट्ने गर्छन् । तिब्बत चीनबाट आउनेहरू त्यहाको रुट हुँदै धर्मशाला भारत पुग्ने गर्छन् । यस विषयलाई सुरक्षा खतरा भनि ध्यान ििदँदै चीन सरकारले नेपाल सरकारप्रति चासो राख्द छ ।
पश्चिममा मुलुकको सहयोग कार्यक्रम
कन्चंजघा सरक्षण क्षेत्र बिकास साझेदारीमा इसिमोड नेपाल, WWF, USAID, UKAID, PRP युरोपियन युनियन SNVnepal रेड प्रोजेक्ट नाममा सहयोग छ । तिब्बती शरणार्थीहरू लाई रेडक्रस बाट सहयोग भए पनि हाल त्यो कार्यक्रम छैन । भवन निर्माण लयायत खाद्यान स शक्तीकरण, बन्यजन्तु सरक्षण, पर्यावरण बिकास, अध्यन अनुसन्धान, सास्कृतिक उत्थान, पशुपालन विषयमा सहयोग गर्दै छ । पश्चिममा सहयोग दाता निकायबाट यस क्षेत्रमा सहयोग हुँदै आएको छ ।
जल विद्युत्का लागि हाइड्रो निर्माण
यस क्षेत्र हिमाली हिम श्रुखला स्रोत्र भएको कारण जल श्रोत्र उत्पादन गर्नको लागी ब्यापक सभावना छ । नेपाल सरकारको निती अनुसार स्वदेशी तथा बिदेशीले जलश्रोत्र क्षेत्रमा लगानी गर्न आकर्षित छन । त्यसकारण हाइड्रो क्षेत्रमा दिनानु दिन लगानी भै विद्युत् उत्पादन हुने भएको कारण यो क्षेत्रमा लगानी गर्न उपयुक्त क्षेत्र मानिन्छ । जल विद्युत् लगायत जलसम्बन्धी अहिले चासोको विषय भैरहेको अवस्था छ । ससारमा मानव अस्तिव कायम गर्ने एक तत्व पानी हो, त्यसकारण पानी माथि युद्धको सम्भावाना हुन सक्ने अनुमान छ । बिदेशी शक्ति केन्द्रहरूलाई पनि आकर्षित गर्न सक्ने सम्भावना छ ।
चीन र नेपालबीच सन्धिका कारण
नेपाल र चीन बीच एक चीन नीति अवलम्बन गरेको छ । जसले गर्दा तिब्बती शरणार्थी समस्याका बारेमा चीनको चासो हुने गर्दछ । चीनविरुद्ध नेपालमा हुने गतिविधि दलाई लामाको अनुयायीका कारण सुरक्षाबारे नेपालका पुर्बीक्षेत्र पनि अछुतो रहँदैन । बौद्ध धर्मावलम्बी, दलाई लामा आस्थाको गुरु भएको कारण सीमाना बसेका सांस्कृतिक रुपमा धार्मिक रूपमा दलाई अनुयायी दारा चीनविरोधी गतिविधि गर्न सहज र सजिलो हुने कारण यो क्षेत्र पनि केही खतरा रहन्छ ।
मुकुलुङ पाथिभरा मन्दिर
ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिर पनि एक शक्तिशाली शक्ति पिठ हो । यहा देश विदेशबाट लाखौँ दर्शनार्थी आउने गरेको पाइन्छ । धार्मिर्क पर्यटन विकासमा हुन् सक्ने सम्भावनाले गर्दा, यस क्षेत्रको (केवल कार, सडक, ठुल ठुल्ला होटल) लगानी आकर्षित हुन सक्ने सम्भावना छ । विकासको नयाँ आयाम धार्मिक पर्यटन पनि भएकोले भारत तथा चीनको कनेक्सन नीति अवलम्बन गर्दै गरेको छ । कनेक्सनले विकासमा सहयोग पनि गर्छ र समस्या पनि उत्पन्न गर्न सक्छ । त्योसँगै देशी विदेसी आगमन हुने अवस्था राज्यको सुरक्षा खतरा हुन् सक्ने सम्भावना रहन्छ ।
राज्यको कम उपस्थिति
हिमाली, उच्च स्थान, हिउँ बर्खा, दुर्गम, असुविधा, अप्ठ्यारो बाटो कारण सबै मानिसहरू आवत जावत गर्न सक्ने अवस्था कम छ । त्यसैले राज्यको उपस्थति पनि कम रहेको छ । राज्यले दिने सुविधा या राज्यको दायित्व पनि कम भएकोले त्यहाँका मानिसहरूले राज्य प्रतिको उतारदायित्व बहन गर्न सक्ने कम भावना छ । नेपाल प्रतिको रास्ट्रीयता सार्वभौमिकता विषयमा कम चिन्तन देखिन्छ । मुकुलको यो कमजोर पक्ष हो । चीन सिमामाबाट ब्यापार र सुविधा लिने भए पछी हिमाली क्षेत्रका नागरिकले चीन माथिको सदभाव देखिन्छ । रास्ट्र भन्दा अन्य रास्ट्रको सम्बन्धलाई प्राथमिकतामा हेर्ने विषय सिमा क्षेत्रमा अन्तरराष्ट्रिय सम्बन्धमा गम्भीर मानिन्छ ।
पर्यटन विकास र अर्थ विकास
विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा चढ्नका लागि देशी बिदेशीले तिर्ने रोयल्टी देशको आम्दानी र स्थानीय होटल व्यवसाय र ट्रेकिंग गाइड व्यवसाय प्रवन्धन हुने भएकोले रोजगार सिर्जना हुने छ । अध्यन, लेख अनुसन्धानको लागि एक उपयुक्त गन्तब्य स्थान यो क्षेत्र हो । पैदल मार्गका लागि वन्यजन्तु तथा शुद्ध हावापानी मनोरम दृश्य प्राकृतिक सुन्दरताले अवस्थित यो क्षेत्र लागि आन्तरिक तथा बाह्य पर्यटक लागि उतम गन्तब्य क्षेत्रमा मानिन्छ । लोपोन्मुख जनावर जीव वनस्पतिकको अध्यन गर्न सकिने क्षेत्र हो । स्थानीय तथा स्वरोजगार सिर्जना गर्ने छ ।
नेपालको भूमिकामा सुरक्षा चासो चीनको
धार्मिक नेता दलाई लामा तिब्बतबाट प्रबासित भइसकेपछि, पुनः फिर्ता राज्ज्यको माग सहित चीन विरोधी गतिबिधि नेपाल लगायत अन्य देशमा हुने गरेको छ । विशेष फ्री तिब्बत मागसहित दलाइ लामाका अनुयायी बाट नारा जुलुसलगायत आत्मदाह गर्नेसम्मको गतिविधि हुन्छ । यसले चीनविरोधी मनोविज्ञान चीनको मानव अधिकार सिद्धान्तप्रतिको धारणाले संसारभरि आलोचित हुनुपर्ने अवस्थाले चासो तथा सुरक्षा चिन्ता गर्ने छ । नेपाल एक चीन निति प्रति विश्वास गर्ने भएकोले चीनविरोधी गतिविधिमा संवेदनशील छ । तर पनि पश्चिममा मुलुकले मानव अधिकार विषयमा प्रसंग उठाएर, चीन विरोधी गतिविधिमा सहयोग गर्छ । तिब्बती शरणार्थीको गाँस, बास कपास, सुरक्षा र पुनः बाससम्मको लागि विभिन्न दातुनिकायको तर्फबाट सहयोगात्मक कार्यक्रम चलाउँदै आएको छ ।
नेपालको राजनीतिक दलहरूले अवलम्बन गरेको सिदान्त बिचार र पश्चिममा शक्ति संग नजिक सम्बन्ध पनि चीन सुरक्षा मामलामा चिन्ताको विषय मान्दछ । अहिलेसम्म नेपालको राजनीतिक दलहरूको केन्द्रमा रहेका हरू पश्चिममा शक्तिको लागि कम आलोचना गर्नु । शक्तिमा नपुगे सम्म विरोध गर्नु, पुगेपछि विरोधी सग नजिक हुने द्वैध चरित्रले गर्दा चीनले आफ्नो विरोधी गतिविधिमा प्रस्ट्याउन नसक्नु पनि सुरक्षाको लागि एक चिन्ता हो । नेपाल चीन सिमाना क्षेत्रहरू हिमाली भएकोले भौगोलिक कठिनाई छ । सिमाना बिवादका कुराहरू उठ्ने भए पनि, प्रम्मानिक तथ्यमा कम आधारित भएकोले संचारमाध्यमबाट अफवाह फैलाउने हुने क्रियाकलाप पनि चीन सुरक्षामा चिन्ताले पनि भूराजनीतिक विषय आउँछ ।
सामाजिक अवस्था
राज्यको पहुँच, सहभागितामा कम भएको, राज्यको कम उपस्थितका कारण पनि गरिबी अशिक्षाले यहाको जन जीवन अस्तब्यस्त छ । भौगोलिक कठिनाई, जलबायु परिवर्तनको प्रभाव अनुसार स्थानीय हिमाली बसोबास गर्न सघर्षमय जीवन यापन गर्न बाध्यता छ । सास्कृतिक सस्कारमा बढी परम्परागत बिधि पदती अबलम्बन गर्ने भएकोले अन्ध विश्वासका कारण अनाहकमा जीवन व्यतीत भैरहेको छ । परम्परागत ज्ञान कला शिपले नै हिमाली क्षेत्रको बस्तीको अस्तीत्व कायम पनि भएको छ । दुर्गम यातायातको असुविधा कारण राज्यको साधन उपभोग गर्न सक्ने अवस्था छैन । उत्पादित बस्तुको बजार मुल्य पहुच बिस्तार गर्न नसक्ने अवस्था छ । किन भने ढुवानी लागतको महँगीले त्यहाका जनजीवनलाई निकै कठिन बनेको छ ।
चीन सिमाना बौद् धर्मालम्बीहररुको समुदाय भएकोले चीन स्वासित क्षेत्र तिब्बतसंगको सम्बन्ध नजिक छ । सास्कृतिक, धार्मिक प्रभावका कारण चीनसंग नजिक आत्मियता सदभाव र बैबाहिक सम्बन्धले राजनीतिक प्रभाव कम देखिन्छ । विश्वब्यापी कोरोना महाब्यापी समयमा सिमाना बन्द भएपनि चीनले नेपालको सिमाना मा बसोबास गर्ने नेपालीलाई खाद्यान्न, लत्ताकपडा लगायत सहयोग दिएको थियो । त्यसकारण पनि सिमानामा क्षेत्रमा चीनको प्रभावलाई सकारात्मक छ भन्न सकिन्छ । छिमेकी देशका नागरिकप्रति सहयोग दिने रास्ट्र प्रति उक्त रास्ट्रले गर्ने उदेश्यका बारेमा निकटत समय भूराजनीतिक विषयमा यी क्षेत्रको महत्व रहन्छ ।
सास्कृतिक, सस्कार बौध मार्गी हरूको बाहुल्य भए पनि, केहि अन्य किरात धर्मालम्बी पनि छन् । सांस्कृतिक अन्तरसम्बन्ध कायम र सन्तुलन छ । ब्यापार व्यवसायमा थोरै मानिस मात्र संलग्न भए पनि अधिकांश पशुपालनमा आश्रित छन् । चिसोका कारण खेती उत्पादन अत्यन्तै कम हुने भएकोले उत्पादित खाद्यान्नले जिविका निर्वाह गर्न कठीन छ । नगदेबाली तल्लो क्षेत्रमा केही अलैंची खेती भएपनि माथिल्लो क्षेत्रमा पशुपालन र पर्यटन व्यवसायमा आवद्ध छन् । (छेतेन शेर्पा, वडा– ४, अध्यक्ष)
बस्तुगत अवस्था
चीन नाकासँग जोडिन सडक तमोर कोरीडर निर्माण भइरहेको छ । भारत चीन कनेक्सन गर्ने राष्ट्र गौरवको योजना हो । चीन तर्फबाट सिमाना नाकादेखि ओलाङचुङगोलासम्म कच्ची सडक ट्रयाक खोलिएको छ । अधिकांश हिमाली क्षेत्र र चीनसँगको ब्यापार तथा सम्बन्धलाई प्रगाढ गर्ने र यस क्षेत्रको विकास उन्नति प्रगतिको सम्भावना बनाउने लक्ष्य लिएको योजना हो ।
वातावरण र पर्यावरणसहित वनस्पति वन्यजन्तु सरक्षण सम्वरद्र्धनका लागि नेपाल सरकारको स्वामित्वमा हुने गरि कन्चनजंघा सरक्षण बिकास क्षेत्रका रुपमा घोषणा भएको छ । सरक्षण क्षेत्रका विभिन्न कार्यक्रम लागु भएको छ । भौतिक पूर्वाधार बिकासमा भवन, बिद्यालय, सघ सस्थालाई निर्माण गरेको छ । स्वास्थ्य, शिक्षा, आय आर्जन मा अभिमुखीकरण कारक्रमबाट सहयोग गरेको छ । विशेष हिमाली क्षेत्रमा सबलीकरण र सहभगीता गराउनका लागि सशक्तिकरण कार्यक्रम विभिन्न सहयोगी निकाय तर्फबाट सहयोग छ । हिमाली क्षेत्र पर्यटकीय क्षेत्र भएकोले विदेशी नागरिकहरूको बढी उब्जाउ हुने, विदेशी तथा स्वदेशीबाट स्थानीयलाई व्यक्तिगत सहयोग दिएको स्थानीय बताउँछन् । छात्रवृत्तिमा आर्थिक लगानी, स्वास्थ्य, खाद्यान्न लत्ताकपडा व्यक्तिगत सम्बन्धका कारण विदेशी पाहुनाले उपहार रुपमा सहयोग गरेको छ । (स्थानीय लाक्पा शेर्पाका अनुसार )
यस हिमाली क्षेत्रमा शिक्षाका लागि स्थानीय विद्यालय छ । शिक्षामा कम चाहना छ । एक कारण विद्यालय टाढा हुनु, भौगिलिक अप्ठ्यारो हुनुले बालबालिका जान नसक्नु पनि हो । उच्च शिक्षाका लागि पहुँच पुर्याउन सक्नेले जिल्ला केन्द्रीत सदरमुकाम, काठमाडौ, दार्जिलिङ भारत पठाउने गर्दछन् । बालबालिकालाई विद्यालयमा उपस्थित गराउन कठिन छ । श्रीमान् रोजगारीका लागि बाहिर रहने, श्रीमती घर व्यवस्थापनमा ब्यस्त भएकोले विद्यालयमा छोराछोरीलाई कम सहभागी गराउँछन् ।
स्वास्थ्य केन्द्र घुन्सामा प्राथमिक उपचारको लागि छ र ओलाङचुङगोला पनि स्वास्थ्यकेन्द्र छ । यसले प्राथमिक स्वास्थ्य उपचार मात्र हुने छ । दुर्गम भएकोले जटिल विषयका केस भएका बिरामीलाई उपचारमा त्यहा सम्भव हुँदैन । हेलीको माध्यमबाट जिल्ला सदरमुकाम, काठमाण्डु, धरान, विर्तामोड हस्पिटल लैजाने गर्छन । गरिब वा माध्यम नागरिकले हेलीको उपयोग गर्न नसक्ने अवस्था छ । हिमाली क्षेत्रको याङमा, फाले, ग्याबाला लगायतमा प्राथमिक स्वास्थ्य केन्द्र पनि छैन ।
हिमाली क्षेत्रका नागरिकहरूको राजनीतिकप्रतिको सहभागिता कम देखिन्छ । स्थानीय तहमा दलगत रुपमा मात्र सहभागी देखिन्छ । त्यो पनि न्यून रुपमा । अनि चासो इच्छा पनि कम छ । दुर्गम क्षेत्रबाट राजनीतिक केन्द्र पुग्न समय लाग्ने भएको कारण पनि हो । हिमाली क्षेत्रका लागि गाउँपालिका परिषद्मा मनोनित प्रतिनिधि सहभागी गराएका छन् । केन्द्रस्तरको राजनीतिमा हिमाली क्षेत्रको राजनीतिक चासो सहभागिता कम छ । जिल्लास्तरीय राजनीति र समावेशी राजनतिक सहभागीमात्र देखिन्छ । चीन नजिक भएपनि चीनियाँ सहयोग र पहँुच यस क्षेत्रमा प्रत्यक्ष रुपमा छैन । पश्चिममा युरोप, अमेरिका, भारतबाट विभिन्न कार्यक्रमअन्तर्गत सहयोग छ । चीनभन्दा पश्चिममा शक्तिको सहयोग र प्रभाव बढी छ । दलाई लामाप्रतिको अनुयायी भएको कारण पनि यो प्रभाव परेको हुन्छ । तर सीमा नाका चीनले अत्यन्तै कडा गरेको स्थानीय बताउँछन् ।
(लेखक राजनीति शास्त्र विभाग त्रिभूवन विश्वविद्यालयका शोधार्थी हुन् ।)
प्रतिक्रिया