जापानको टोकियोलगायत क्षेत्रमा आँधीको चेतावनी

जापानको टोकियोलगायत क्षेत्रमा आँधीको चेतावनी


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका मौसम अधिकारीहरूले टोकियो क्षेत्रलगायत देशको उत्तरी र पूर्वी क्षेत्रका मानिसहरूलाई शुक्रबार र शनिबार आँधी (ताइफु) एम्पिलको प्रभावबाट सावधानी अपनाउन आग्रह गरेका छन् ।

बिहीबार भूमि मन्त्रालयसँगको संयुक्त पत्रकार सम्मेलनमा मौसम विज्ञान एजेन्सीका अधिकारी ताचिहारा शुचीले आँधी पूर्वी जापान र तोहोकु क्षेत्रसम्म पुग्ने अनुमान गरिएको बताए ।

इजु टापुहरू, कान्तो र तोहोकु क्षेत्रहरूमा हिंस्रक हावा र समुद्रको छाल अनिन्त्रित भएर उर्लने पूर्वानुमान गरिएको ताचिहाराले बताए । २४ घण्टाको अवधिमा कान्तोका केही स्थानमा २०० मिलिमिटरसम्म भिषण वर्षा हुने अनुमान गरिएको उनले जानकारी दिए ।

अधिकारीहरूले हिंस्रक हावा, उच्च छाल, पहिरो, बाढी, साथै नदीआसपास आउनसक्ने अकस्मातको उच्च बहावहरूको खतराहरूमा सचेत रहन चेतावनी दिएका छन् ।

शुक्रबार कान्तो कोशिन क्षेत्रमा आँधी आउँदा यसको केन्द्रमा १४४ किलोमिटर प्रतिघण्टासम्म हावा हुरी ९५० हेक्टोपास्कलको केन्द्रीय चाप हुने अनुमान गरिएको छ ।

शुक्रबार, कान्तो क्षेत्रमा अधिकतम १४४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा र २१६ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ भने तटीय क्षेत्रमा १० मिटरसम्म छालहरू आउनेछ । तोकाई क्षेत्रमा अधिकतम ९० किलोमिटर प्रतिघण्टा हावा र १२६ किलोमिटरको गतिमा ६ मिटरको छालसहित हावा चल्ने अनुमान गरिएको छ ।

तोहोकु क्षेत्रमा अधिकतम १०८ किलोमिटर प्रतिघण्टा र १६२ किलोमिटर प्रतिघण्टासम्म हावा चल्ने अनुमान गरिएको छ ।

यो आँधी शनिबार बिहान ९ बजे फुकुसिमा प्रिफेक्चरको इवाकी सहरबाट करिब १७० किलोमिटर पूर्वमा ९६० हेक्टोपास्कलको केन्द्रीय चाप रहेको अनुमान गरिएको छ।

शनिबार तोहोकु र कान्तो क्षेत्रमा अधिकतम १०८ किलोमिटर प्रतिघण्टा र १६२ किलोमिटरसम्म हावा चल्ने अनुमान गरिएको छ । तोकाई क्षेत्रमा अधिकतम ५४ किलोमिटर प्रतिघण्टा र ९० किलोमिटर प्रतिघण्टासम्म हावा चल्ने सम्भावना छ ।

भारी वर्षा शनिबारसम्म जारी रहने अनुमान गरिएको छ । कान्तो र तोहोकु क्षेत्रमा २४ घण्टामा दिउँसो २ सय मिलिमिटरसम्म वर्षा हुनसक्नेछ ।