बोष्टनमा भब्यताका साथ तीज-कार्यक्रम

बोष्टनमा भब्यताका साथ तीज-कार्यक्रम


  • विशेष प्रतिनिधि, अमेरिका

हिमालयन लाइन्स क्लबको आयोजनामा अमेरिकाको ऐतिहासिक शहर बोष्टनमा गत शनिबार (१७ अगस्त २०२४) भब्य रुपले तीज कार्यक्रम सम्पन्न भएको छ ।

तीज कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३३ के।बाट डाएना फस्ट (डिष्ट्रिक गवर्नर), इभेट मेजमार (निवर्तमान गवर्नर), डा. डेवी वेएनी (पूर्व गवर्नर), म्याथु (पूर्व गवर्नर), एन्थोनी (फस्ट भाइस डिष्ट्रिक गवर्नर), डा. ऊषा (जोन चियर),केन चिया (निवर्तमान जोन चियर का साथै ग्लोबल मेम्बरशीप चियर), माल्डेन लायन्स क्लब, मार्बोलो लायन्स क्लब, स्यारोन लायन्स क्लब, वेज्ली लायन्स क्लब र एसलेण्ड लायन्स क्लब, क्यामब्रिज लायन्स क्लबका अध्यक्षहरू र नरऊड लायन्स क्लबका अध्यक्ष जल घिमिरेसहितको विशेष ऊपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाल सरकारका बोष्टनका लागि बाणिज्यदुत प्रह्लाद केसी, प्याबफोनका संस्थापक अध्यक्ष विष्णुमणि आचार्यसहित बिओटी अध्यक्ष, ईसी अध्यक्ष र उपाध्यक्ष, बोष्टन मेट्रोवेष्ट नेपाली कम्यूनिटीका अध्यक्षका साथै सृजनशील महिला ग्रुपका अध्यक्ष, जिबीएनसीका वरिष्ठ उपाध्यक्ष,क्लबका संस्थापक अध्यक्ष र पूर्व अध्यक्षहरुको अतिथ्यतामा कार्यक्रम भएको थियो ।

उक्त तीज विशेष कार्यक्रममा विभिन्न अग्रज तथा अभियन्ताहरुले आर्थिक, प्राविधिक तथा भोजन सामाग्रीहरु निःशुल्क सहयोग गरेका थिए । जसमा पेय पदार्थ क्लबका संस्थापक अध्यक्ष महेश्वर पन्तले सौजन्य प्रदान गरेका थिए भने पिउने पानी क्लबका पुर्वअध्यक्ष बिष्णु कार्की, सेलरोटी शिव ठाकुर, राजु बजगाईं फोटोग्राफी टिकट बिक्री र केहि पुरस्कार लगायत अन्य सहयोगीमा नवीन, प्रकाश र भिम, द्वितीय उपाध्यक्ष विजय शर्मा तीन वटा पुरस्कार, प्रचण्ड श्रेष्ठ नारी स्टोर समरभिल बाट तीन वटा पुरस्कार, आर्थिक सहयोग गर्ने दाताहरूमा पूर्वअध्यक्षहरू राम थापा र सुशील नेपाल, प्रकाश अधिकारी, भेषराज शर्मा, राम धिताल, विनोद सुवेदी, अंजु थापा, विनोद उप्रेतीका साथै शुष्मा अधिकारीबाट प्राप्त भएको थियो।

सबै विजितहरुलाई डिस्ट्रिक्ट गवर्नर डिस्ट्रिक्ट गवर्नर डाएना, डा. उषा शर्मा, र प्रह्लाद केसीबाट पुरस्कार वितरण गरिएको थियो।

तीज मनाने प्रचलन र यसको सांस्कृतिक महत्वको विषयमा क्लबका अध्यक्ष थानीरत्न कँडेलले प्रष्ट पार्नुभएको थियो । उहाँले अमेरिकन लायन्सहरूलाई क्लबको संक्षिप्त जानाकारी गराउँदै उपस्थिति अतिथि तथा चेलीबेटीहरुलाई स्वागत समेत गर्नुभएको थियो ।

कार्यक्रममा सन्दिप डिजे, हल सजावट शुष्मा, नृत्य निरू, गायन अपेक्षा र दर (खाना)को सहयोग हाउस अफ तन्दुरबाट गरिएको थियो ।