वैदिक सनातन धर्म, वर्ण ब्यवस्था र पुनर्जन्म !

वैदिक सनातन धर्म, वर्ण ब्यवस्था र पुनर्जन्म !


वैदिक सनातन धर्मको अर्को नाम वर्णश्रम धर्म हो मर्त्यलोकमा हरेक प्राणिले मर्नु पर्छ र जन्मनु पर्छ जन्मने र मर्ने एउटा सिद्धान्त छ त्यो सिद्धान्तको नाम हो कर्ममुक्तिको सिद्धान्त अर्थात् पूर्नजन्मको नियम ।

(याम् याम् वापस्मरन् भावम् तोयत त्यन्ते कलेवरम् त्वाम् त्वामे वैती कौन्त्येय सदा तद्भाव भावितः) ।

देह त्यागको अब्यवहीत पूर्वक्षण जस्तो चिन्तन हुने गर्दछ उहीअनुरूप नयाँ जन्म हुन्छ । यसको अर्थ– पूर्व कर्मअनुरूपको जन्म र फेरि जन्मअनुरूपको कर्म ! जन्म र कर्मको यो अनादि परम्परा वा यो विचित्र प्रक्रिया साश्वत छ । जस्तै, लोटाको जन्म पहिला हो कि कर्म पहिला हो ? लोटाको कर्म पानी भरिनु हो, जन्म नै नभइ लोटाले कसरी पानी भर्ने कर्म गर्छ ! पहिला लोटाको जन्म भएपछि अनि लोटामा पानी भरिने कर्म होला, वा लोटाले पानी भर्ने कर्म गर्ला । वास्तवमा कर्मले ब्राह्मण हुने हो भन्ने झुण्डको तर्क एक सेकेण्ड पनि टिक्ने विषय होइन ।

जगत्को कुनै पनि बस्तु एक क्षण एक सेकेण्ड पनि जन्म लिन्छ या उत्पन्न हुन्छ भने, उत्पन्न भएपछि उ गुण र क्रियाको आश्रय बन्ने गर्दछ । (उत्पन्नम् द्रब्यम्) कुनै पनि द्रब्य वा बस्तु पहिला उत्त्पन्न हुने गर्दछ र, आफ्नो अस्तित्व सिद्ध गरेपछि वा आफ्नो सत्ता सिद्ध गरेपछि मात्रै कर्म गर्ने गर्दछ । पहिला आफ्नो अस्तित्व वा सत्ता सिद्ध नभइकन कर्म कसरी गर्छ ? यो हाँसोमा उड्ने कुरा हो । कर्मले ब्रामण हुन्छ भन्ने कुरा एक सेकेण्ड पनि टिक्ने विषय र तर्क होइन । जस्तै, गाईको जन्म नभइकन गाइले कर्म कसरी गर्ला ? हात्तीको जन्म नभइकन कर्म कसरी गर्ला ? घोडाको जन्म नभइकन घोडा-कर्म कसरी गर्ला ? घोड़ा कसरी होला ? सिंहको जन्म नभइकन सिंहले कर्म कसरी गर्ला ? भेडाको जन्म नभइकन भेडाले कर्म कसरी गर्ला ? मयूरको जन्म नभइकन कसरी मयूरले पहिल्यै कर्म गर्ला ? गरुडको जन्म नभइकन गरुड़ले पहिला कर्म कसरी गर्ला ? सर्पको जन्म नभइकन सर्प कर्मले सर्प कसरी होला ? अर्को कुरा, नाक पहिला जन्मन्छ अनि पो सुँघ्ने कर्म गर्ला, त्यस्तै हात-खुट्टा अरु सबै ज्ञानेन्द्रीय, कर्मेन्द्रीय पहिला आफ्नो सत्ता सिद्ध गरेपछि पो कर्म गर्लान् ।

त्यसकरण जन्मको मूलमा कर्म, कर्मको मूलमा जन्म अनादि परम्परा हो । एउटा कुरा मनुष्य एक जाति हो, मनुष्य जाति जन्मले हो कि कर्मले ? गाइ एक पशु जाति हो, गाइ कर्मले हो कि जन्मले हो ? गाइकै पनि अनेक जात छन् । त्यस्तै, मनुष्य एक जाति हो, मनुष्यभित्र पनि अनेक जाति छन् । अर्को कुरा शेर जन्मले हो कि कर्मले ? गाइ जन्मले हो कि कर्मले ? घोड़ा जन्मले हो कि कर्मले ? बाघ जन्मले हो कि कर्मले ? हात्ती जन्मले हो कि कर्मले ? सर्प जन्मले हो कि कर्मले ? बिरालो जन्मले हो कि कर्मले ? यस्तै, आँप जन्मले हो कि कर्मले ? केरा जन्मले हो कि कर्मले ? उखु जन्मले हो कि कर्मले ? टमाटर जन्मले हो कि कर्मले ? अमला जन्मले हो कि कर्मले ? बर-पीपल जन्मले हो कि कर्मले ? गहुँ, धान, मकै, भटमास, चना, मास, मसुरो, गहत, राजमा, जिरा, धनिया, प्याज, लसुन, मुला, भिन्डी, फापर एवम् जगतभरिका भूमण्डलमा निवास गर्ने हरेक बस्तु र प्राणी पहिला जन्म लिने गर्दछन् अनि कर्म गर्दछन् ।

यसर्थ, कुनै पनि बस्तु वा ब्यक्ति पहिला जन्म लिने गर्दछ अनि कर्म गर्दछ । कान पहिला जन्म लिन्छ कि कर्म गरेर जन्म लिन्छ ? पहिला जन्म लिन्छ अनि सुन्ने कर्म गर्छ । आँखा पहिला जन्म लिन्छ अनि देख्ने कर्म गर्छ । त्यसकारण पूर्व कर्मनुरुप जन्म फेरि जन्मनुरुप कर्मको विधान हुने गर्दछ । वैदिक सनातन धर्मको मुख्य विज्ञान यही अलौकिक प्रक्रियाअनुरूप नटुङ्गिने यात्राझैँ घुम्मे गर्दछ ।

यस्तो किन भयो त ? कारण हो- जगतभरिका मनुष्य सबै शुकदेव हुँदैन, सबै धर्मराज हुँदैन, सबै सनकादिकुमार हुँदैनन्, ऋषिवदेव, अम्बिरिष, पृथु, रन्तिदेव, जडभरत हुँदैनन् । यदि हुन्थे भने वर्ण ब्यवस्थाको आवश्यकता थिएन ।

जगतको प्राणी तीन कर्म गरेर भुतालमा बाँच्ने गर्दछ । तीन कर्महरू यस्ता छन्- १. पुण्य २. पाप ३. पाप+पुण्य दुवै । यी कर्मको फल भोगाउन यो ब्यवस्था र चौरासी योनी अपरिहार्य हो । नत्र तीन कर्मको फल भोगाउने विधि के श्रीमद्भागवत महापुराणमा जतिपनि पात्रहरूको वर्णन छ ती सबै कुन जन्ममा के थिए, किन त्यस्तो जन्म भयो, सबै कुरा उल्लेख छ । भागवतको महात्म्यमा बर्णीत आत्मदेव ब्रामण, उनकी पत्नी धुन्दूली, पुत्र धून्दूकारी, गोकर्ण हुँदै अठार हजार श्लोकभित्र पूनर्जन्मको रहश्य उद्घाटित छ ।

श्रीमद्भागवतका मुख्य वक्ता शुकदेवका गोलोकका सुगा थिए । मुख्य स्रोता शुकदेवका यजमान परिक्षीत पहिला गोलोकमै शुकदेवकै भाइ सुगा थिए । अन्य पूर्वजन्मीहरू शौनक ऋषि, नारदमुनि पहिला उपवर्हण गन्दर्भ पछि दाशीपुत्र, पुनः ब्रह्मपुत्र नारद, कौरव, पाण्डव, अश्वत्थामा, भीष्म पितामह, सम्यक ऋषि, श्रृङ्गी ऋषि, मैत्रेय ऋषि, कश्यप ऋषि, दिति, अदिति, हिरण्यक्ष, हिरण्यकश्यप, पहिला जन्ममा जय र विजय, ध्रुव, प्रह्लाद, उत्तानपाद राजा, पृयाव्रत, सुनीति सुरुची, बली, विरोचन, आकूति, देवहूति, प्रसूति, कर्दममुनी, कपिल, वर्तमान इन्द्र पुरन्दर, उनकी पत्नी सची, दक्षप्रजापति, उनका सतीलगायत सबै पुत्रीहरू, उत्तानपाद पुत्र ध्रुव, सुधुम्न, इक्ष्वकु बंशी सबै राजा, जमदग्नि ऋषि, गजेन्द्र, ग्रहा, वशूदेव देवकी, नन्द यशौदा, कृष्ण, बलराम, पूतना, कंस, चाणूर, मुष्टिक, शल, तौशल, शिशुपाल, गोप, गोपी, शकटासुर, तृर्णवर्त, बत्सासुर, बकासुर, अघासुर, धेनुकासुर, कालियानाग, प्रलंबासुर, शंखचूड, अरिष्टासुर, केशी, ब्यौमासूर, रजक, कुब्जा, मालाकार, दर्जी, धोबी, श्रीदामा, सुदामाब्रामण, कुबलयापीड हात्ती, शंखासुर, गजेन्द्र, ग्राहा, मुचुकुन्द, निमिराजा, जडभरत, रहूगण राजा, भौमासुर, जरासन्ध, कालयवन, भौमासुरका बन्दी कन्याहरू, अक्रूर, पुरुरबा, शाल्ब, नृग राजा, रुक्मिणी, लगायत कृष्ण भगवानका सबै पत्नीहरू, भगवानका स्वकीय सचिव उद्वव, उषा, अनिरुद्र, दन्तवक्र, विदुरथ, वल्बल, नवयोगेस्वर, महाभारतमा त हजारौँ हजार पूर्वजन्मीहरूको वर्णन छ ।

भीष्मपितामह, कर्ण, सल्य, दोर्णाचार्य, कृपाचार्य, दुर्योधनको पूरा टीम पाण्डवपक्षको पूरा टीम शिखण्डी, यी सबै पुनर्जन्मी हुन् । सनातन धर्म पुनर्जन्मको सिद्धान्तमा आधारित छ वर्तमान समयमा दशथरी टिका बिस थरी माला लगाएका जो बढी नाटक गर्न सक्छ उही ठुलो धर्मको ब्याख्याता, दश प्रकारको चन्दन जसले लगाउँछ उही श्री श्री १००८ पढ्नु केही पनि छैन उही धर्म गुरु हुने चलन छ, आजकल पाखण्डीको जमात ठुलो छ !

यो कल्पको नाम स्वेत बाराहाकल्प हो । कुरा यो कल्पको गरौँ । नचाउन नाच्न सरल छ, शास्त्रको चिन्तनमनन मन्थन गर्न र रहश्य बुझ्न ऊति नै गाह्रो अनि जटिल छ । अर्थात्, रहश्य बुझे पनि लोभ र लालचको कारणले पछिल्लो समय आफूलाई आफैले आफ्नो शिष्यरूपी झुण्डमार्फत भगवान भनाउने चलन सर्वत्र चलेको छ । आम मनुष्यलाई सही कुरा बुझाउन धेरै गाह्रो छ । धन र सम्मानका लोभी ब्राह्मणहरूलाई यो वेद शास्त्र बुझ्न सरल या जटिल जे–जस्तो होला आफ्नो ठाउँमा छ । शास्त्रको रहश्य जरूर सरल तरिकाले बुझिने विषय भने हुँदैहोइन बहुत कठिन छ । कसैलाई सरलै पनि लाग्न सक्छ र, सरल मान्लान् पनि । शास्त्रको ब्याख्या वेद ब्यासले र अन्य ऋषि महर्षि, देवर्षि, राजर्षि, ब्रमर्षि, स्मृतिकारहरूले बिचित्र ढङ्गले वर्णन गरिदिएका छन् । बुझे प्रश्न उठाउने ठाँउ आफै समाप्त हुन्छ, नबुझे प्रश्न नै प्रश्नको खात लाग्ने गर्दछ । अर्को कुरा, बुझे पनि पैसा र सम्मानको लोभमा इमान नबेचि बस्ने ब्राह्मणको संख्या भने एक प्रतिशत पनि छैन । वर्तमान समयमा सनातन धर्म ब्राह्मणहरूबाट नै खतरा र समाप्तिको चरणमा छ भन्न सकिन्छ ।

अनेक रूपधारी, तिलकधारी, चन्दनधारी, जनैधारी, तागाधारी, गेरूबस्त्रधारी, जटाधारी, भष्मधारी मालाधारी, जसले जे धारण गरेपनि इसाइकरण भयो इसाइकरणबाट धर्म जोगाउ भन्छन्, हिन्दूराष्ट्र हुनुपर्छ भन्छन्, तर रहश्यमय कुरा के छ भने यी जसले जे-जे धारण गरेका भए पनि जस्तो नारा लगाए पनि हिन्दू आवरणमा यी अमुकधारीहरूले गर्न लागेको इसाइकरण नै हो । किनकि, जुन ढङ्गले वर्तमानमा शास्त्रको ब्याख्या गरिँदै छ गराइँदै छ, नेपाली बाहुन इसाइ पाश्चरमार्फत इसाइकरणको गति सूक्ष्म भएको हुनाले माथि उल्लेखित अनेक रूपधारीहरूलाई आवरणमा हिन्दू ब्याख्या बाइबलअनुरूप गराइँदैछ । यसपालिको कोटीहोमले सृष्टिको सुरूवाती चरणबाट नै रक्षा भएको वर्ण ब्यवस्थाको समाप्त गरी भदौ महिनाको बाढीले बगÞाएर नदीको किनारमा हाँगाबिँगा सबै सखाप पारेर खाली रुखको हड्डीमात्रै राखेर छालमा उतारेजस्तै हालतमा सनातन धर्मलाई पुऱ्याइएको छ ।

कोटीहोमको नाममा वर्णशंकर र कर्मशंकरको कोपभाजनमा बैदिक सनातन धर्म परेको छ । वैदिक सनातन धर्मको नाम नै वर्णाश्रम धर्म हो । वर्णश्रम धर्म एक अलौकिक पद्धति हो । हरेक मनुष्य आ-आफ्नो प्रारब्ध बोकेर भुवनमा यो भुतालमा तीन कर्मको फल भोग गर्न जन्मने गर्दछ यहाँ अछुत शूद्र मात्र नभइ प्रारब्धको डोरीमा राजादेखि रङ्कसम्म सबै बाँधिएका हुन्छन् र, जबर्जस्ती बाँधिनैपर्ने दैवको विचित्रको नियम रहेको छ । भुवनमा रहेका सबै ८४ लाख योनीमा प्राणीले चक्कर काट्नै पर्दछ । वर्णाश्रम एक पद्धति हो । यो कर्मको फल भोगको विधि बुझ्ने एक अलौकिक ब्यवस्था हो । आजको ब्राह्मण कति पटक शुद्र भयो होला, आजको शुद्र कति पटक ब्राह्मण भयो होला ! आजको ब्राह्मण कमिला, हात्ती, घोडा, बिरालो, किरा, जुका, सर्प, बिच्छी, अजिङ्गर, मगर, शुद्र, बैश्य, क्षेत्री, अनि ब्राह्मण अर्को कुरा हिजोको शुद्रको बैश्य, क्षेत्री, अनि ब्राह्मण अरु-अरु योनीमा जन्म घुमेको पनि हुन सक्छ ।

अर्थात् जुन घरमा पहिला ब्राह्मण थियो उनकै घरको गोरु पनि भएर जन्मेको हुनसक्छ । उनकै घरमा उनकै छोराको पत्नी भएर जन्मेको पनि हुन सक्छ । उसै घरमा कुत्ता भएर पनि जन्मेको हुन सक्छ । आजको शुद्र हिजोको योनीमा मन्दिरको पुजारी पनि भएको हुन सक्छ । आजको मन्दिरको पुजारी भोलि त्यही मन्दिरमा घुम्ने कुकुर पनि हुन सक्छ, किनकि कर्ममुक्तिको विधान वा सिद्धान्त प्रारब्धको सूक्ष्म डोरीमा घुम्ने गर्दछ ।

भर्खर ब्याएको गाइ बाच्छोलाई अगाडि लगेपछि जसरी पछि-पछि जान्छ त्यसरी नै मनुष्य अघि-अघि प्रारब्ध पछि-पछि जाने गर्दछ । भागवतकै कुरा गरौँ, बशुदेवकी पत्नीको नाम देवकी, देवकीको भाइ कंस, उनै भाइ कंसले बिहेको मण्डपबाटै जेलमा लग्नु बशुदेव र देवकीको जीवनमा जति पनि उतारचढाव भए सबै प्रारब्धको नियममा आधारित छन् । शास्त्रको सार पनि हो कि मनुष्यले प्रारब्धको गति बुझोस् । त्यसैले सनातन धर्ममा वर्ण हुन्छ ! हुन्छ !! हुन्छ !!! वर्ण भएन भने त्यो सनातन धर्म होइन । वर्ण भन्नु नै जाति हो, जाति भन्नु र वर्ण भन्नुमा शब्दमा मात्र फरक हो, अर्थ एउटै हो ।

सनातन धर्मका सम्पूर्ण ग्रन्थहरूमा १४ वटा मनुको समयलाई कल्प मानेको छ । हाम्रो कल्पको नाम बराह कल्प हो । यो कल्पका प्रथम मनु स्वयम्भू मनु हुन् । मनुको कार्यकाल ७१ चौखडी हो । ७१ चौखडी भनेको सत्य युग १७२८००० त्रेता युग १२९६००० द्वापरयुग ८६४००० र कली युग ८६४००० सबै जोड्दा ४३२०००० हुन्छ, ४३२०००० एउटा चौखडी हुन्छ, ७१ चौखडी बिते एउटा मनुको कार्यकाल समाप्त हुन्छ ।

अब, १. प्रथम मनु स्वयम्भू हुन्, उनको कार्यकाल ७१ चौखडीको हो, त्यो ७१ चौखडीमा वर्ण ब्यवस्था थियो कि थिएन ? २. द्वित्तीय मनु स्वरोचिष ७१ चौखडी, वर्णब्यवस्था थियो कि थिएन ? ३. तृतीय मनु उत्तम ७१ चौखडी, वर्ण ब्यवस्था थियो कि थिएन ? ४. चतुर्थ मनु तामस ७१ चौखडी, वर्ण ब्यवस्था थियो कि थिएन ? ५. पञ्चम मनु रैवत ७१ चौखडी, वर्ण ब्यवस्था थियो कि थिएन ? ६. षष्टम चक्षुष मनु ७१ चौखडी, वर्ण ब्यवस्था थियो कि थिएन ? ७. सातौँ मनु वैबस्वत वर्तवान मनु २७ चौखडी, बिताएर २८औँ चौखडीको पनि सत्य त्रेता द्वापर र कलीको पनि ५१२५ वर्ष बितिसक्यो वर्ण ब्यवस्था अझै कायम छ ।

मूर्खहरू ! कहिले थिएन सनातन धर्मभित्र वर्ण ब्यवस्था ? भगवान् नारायणको नाभी कमलबाट ब्रह्मा, ब्रह्माबाट मरीचि हुँदै कश्यप, वैबस्वत, इक्क्षकु, पुरंजय, अनेना, पृथु विस्वरन्धी, चन्द्र, यूबनास्व, शावस्त, वृहदस्व, कुवलायस्व, दृढास्व, हर्यस्व, निकुम्भ, वर्हणस्व, कृसास्व, सेनजीत, मान्धाता, पुरुकुत्स, त्रशदश्यु, अनरण्य, त्रिबन्धन, सत्यव्रत, हरिश्चन्द्र, रोहित, हरित, चम्पा, सुदेव, विजय, भरुक, वृक, बाहुक, सागर, असमञ्जस, अंशुमान, दिलीप, भगीरत, श्रुत, नाभ, शिन्धुदिप, आयूताउ, ऋतुपर्ण, सर्बकाम, सुदास, सौदाश, अश्मक, नारिकबच, दशरत, एडबिड, विश्वसह, खटबांग, दीर्घाबाहु, दिलीप, रघु, अज, दशरथ, राम, लक्ष्मण, भरत, शत्रुध्न (रामपुत्र लव-कुश ) चंद्रमा, पुरुरबा, नहुष, ययाति, पुरु, दुष्यन्त, भरत, अजमीढ, देवमीढ़, वशुदेव, कृष्ण, प्रधुम्न, अनिरुद्र कस्को पालामा वर्ण ब्यबस्था थिएन ?

वर्तमान मनु सातौँ हुन् । माथि पनि वर्णन भयो यिनको पालाका ब्यास प्रथम ऋभु, दोस्रा सत्य, कमशः भार्गभ, अंगीरा, सविता, मृत्यु, बुद्धिशील, इंद्रा, बशिष्ठ, शारस्वत, त्रिधामा, मुनिश्रेष्ठ, त्रिवृत, सततेज, साक्षात, धर्मस्वरूप, स्वरक्ष, बुद्धिमान, कृतजय, भारद्वाज, गौतम, वाचश्रवा, सूक्षमणी, तृर्णविन्दु, कृष्ण, शक्ति, पराशर र २८ ब्याश सत्यवती पुत्र कृष्ण द्वैपायन वेद ब्याश सबैको समयमा वर्ण ब्यवस्था थियो ।

भगवान् नारायणदेखि चलेको परम्परा आदि जगत् गुरु शंकराचार्यसम्म पुग्दा पूरी शंकराचार्य निश्चलानंद सरस्वती १४५औँ ब्यक्ति हुन् । वर्ण ब्यवस्था नमान्ने हिन्दू हुन सक्दैन । वैदिक शास्त्रमा वर्ण ब्यवस्थाको बारेमा हजारौँ हजार श्लोकहरूमार्फत ऋषि-महर्षिहरूले ब्याख्या गरेका छन् । श्रीमननारायणदेखि शंकराचार्य निश्चलानंद सरस्वतीसम्म जून स्वस्थ परम्परा थियो र छ, के अब उनीहरू तत्वज्ञ नै होइनन् ? हिजोका कुनै पनि सन्त सन्याशी पूर्वाचार्य शंकराचार्यहरू बुद्धिमान थिएनन् ? हिजोका सबै तत्व जान्दैनथे के उनीहरूले वेदको अर्थ जानेका/बुझेका थिएनन् ? के सबै दिशाहीन थिए ? उनीहरू पुराण स्मृतिको अर्थ जान्दैनथे ? के उनीहरू कर्मकाण्ड बुझ्दैनथे ? के उनीहरू धर्म अध्यात्म ज्ञान विज्ञान बुझ्दैनथे ? के शंकराचार्य केही नबुझेका थिए ? यी प्रश्नबारे चिन्तनमनन गर्न उपयुक्त हुनेछ, नत्र वैदिक सनातन सभ्यता विलुप्त भएर जान्छ !