अमेरिकामा बसेर वैज्ञानिक अनुसन्धानमा सक्रिय पाँचथरको ओयामका युवा वैज्ञानिक टंक सेलिङले ठूलो सफलता हात पारेका छन् । टंकको टिममा रहेका अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको टोलीले ‘बिस्मुथ अक्सी सल्फाइड’ नानोसिड पदार्थको फोटोक्याटालाइसिस’ उपयोगिताबारे नयाँ तथ्य पत्ता लगाएका हुन् ।
सेलिङले घटना र विचारलाई जानकारी गराएअनुसार युनिभर्सिटीका प्राध्यापक डा. फिन् यानको नेतृत्वमा भएको अनुसन्धानले विभिन्न उद्योग र अस्पतालबाट पानीमा मिसिने विषाक्त रसायनहरू ‘कङ्गो रेड’ र ‘रोज बेङ्गल’लाई ‘डिग्रेड’ गरी पानीको स्वच्छतालाई कायम राख्न सकिने देखाएको छ । वैज्ञानिक टंकका अनुसार घामको प्रकाशको उपस्थितिमा रसायनिक प्रतिक्रियामार्फत् गरिने यो प्रविधि एकदमै वातावरणमैत्री हुन्छ ।
‘फोटोक्याटालाइसिस वातावरणमैत्री भएकाले ‘बिस्मुथ अक्सी सल्फाइड’को व्यावसायिक उत्पादन र प्रयोग गरी वातावरण सन्तुलनमा अतुलनीय सफलता प्राप्त गर्न सकिने सम्भावना छ’- वैज्ञानिक सेलिङको भनाइ छ ।
सो अनुसन्धान पियर रिभ्यू जर्नल ‘मेरेटियल लेटर्स’मा प्रकाशन भइसकेको छ ।
प्रतिक्रिया