जापानमा ‘पशुपतिनाथ मन्दिर’को सरसफाइ

जापानमा ‘पशुपतिनाथ मन्दिर’को सरसफाइ


  • विशेष प्रतिनिधि, ओसाका (जापान)

जापानको ओसाका चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको पशुपतिनाथ मन्दिरको सरसफाइ गरिएको छ। शनिबार नेपाली युवाहरुको समूह ‘ब्लु ब्वाईज युनियन’का सदस्यहरुद्वारा सरसफाई गरिएको हो ।

रामकृष्ण केसीको नेतृत्वमा अन्य सदस्यहरुको पनि उपस्थित रहेक थियो भने उक्त सरसफाइ कामको लागि वडा कार्यलयसँग कुराकानी गरेर सुरु गरिएको थियो र फोहोरको लागि आवश्यक सामाग्री र फोहोरको व्यवस्थापन भने वडा कार्यलयको कर्मचारीबाट नै गरिएको थियो । हालै ओसाकामा रहेका केही युवाहरु मिलेर सुरुवात गरिएको ब्लु ब्वाइज युनियनको यो पहिलो चरणको सरसफाइ काम हो भने आगामी दिनमा पनि यस्तै चरणबद्ध तरिकाले सरसफाइलाई निरन्तरता दिँदै अन्य सामाजिक काम गर्दै जाने कार्यक्रम संयोजक रामकृष्ण केसीले जानकारी दिए ।

जापानको ओसाका चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको विश्वसम्पदामा सुचिकृत पशुपतिनाथ मन्दिरको ढाँचामा रहेको छ भने उक्त मन्दिरमा विदाको समयमा नेपालीहरु घुमफिर साथै दर्शनका लागि पनि जाने गर्दछन् । सोहि नेपाली मन्दिर रहेको क्षेत्र परिसरमा करिब २० भन्दा बढी अन्य देशका पनि मन्दिरहरु रहेका छन् ।