✍ श्यामकृष्ण लम्साल
आजको युग !
फूर्तिफार्तिको युग !!
धन हुनेहरू
धनले
जन हुनेहरू
जनकै बलमा
फूर्ति लगाइरहेकै हुन्छन् !
पदहुने हरू
पदैको गरमले
मन नहुनेहरू
अरूको मन रूवाएर
जनता हुने आवश्यक योग्यताको अभावमा
जन्तु जन्ती र जनमै
भड्किरहेका हामीहरूलाई
सत्ता, शक्ति र सामर्थ्यको तागतले
आजको युग
कर्णको झैँ हरिबिजोग..
बनाइरहेकै हुन्छ !
कर्णले उदारतापूर्वक
प्रदान गरेको
‘श्यामन्तक मणि’
सकुनीहरूको पासाको खाल भएको हुन्छ ।
एकदिन मैले पनि
मर्नुपर्छ भनेर
माया बाँड्न जान्नेहरू सन्तानहरूको
नेपाल आमाले
प्रचुर सृष्टि नगरूञ्जेल
माया बाँड्ने चेतना, संस्कृति र संस्कार
प्रचुर प्रदान नगरूञ्जेल
कर्णहरूको हरिबिजोग भइरहेकै नै छ
झर्ला र खाउँलाहरूको जमातमा
दानवीर कर्णहरू
एक्लो बृहस्पति भएकै हुन्छ ।
- भोजपुर
प्रतिक्रिया