जुम्लाको कनकासुन्दरी-४, सितलाका ३१ वर्षीय हर्कवीर बिश्वकर्मालाई उपचारमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ ।
गरिव, विपन्न तथा असहाय बिकका दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि कम भाव रहेको भन्दै उनको परिवारले सहयोगको याचना गरेको हो ।
उनका दुई सन्तान रहेका र बिरामी भएपछि ती नानीहरूको खानपिन, हेरचाहदेखि पढाइमा पनि समस्या भएको भन्दै उनले जीवन बचाउन आग्रह गरेको उनका नातेदार डिल्लबहादुर बिकले बताए ।
उनलाई सहयोग गर्न चाहनेले ०८०००५०१२०२४४९ एभरेष्ट बैंकको खातामा विजय बिकको नाममा रकम जम्मा गरेर सहयोगको लागि आग्रह गरिएको छ ।
प्रतिक्रिया