‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना

‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना


हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेको छ । हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रुपैयाँ पचपन्न हजार पाँचसय पाँच र सम्मानपत्र रहने हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमन गुरुङले बताए ।

पूर्व संयोजक दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’ पुरस्कारका लागि एक अक्षयकोष स्थापना गरिसकिएको बताए । उने भने, ‘अक्षय कोषबाट प्राप्त हुने ब्याजबापतको रकमबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको छ र पुरस्कार यसै वर्षदेखि सुरु गरिने छ ।’

सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा श्रृङ्खलाले नियमित रूपमा मासिक साहित्य श्रृङ्खला सञ्चालन गर्दै आएको छ भने ‘श्रृङ्खला’ नामक साहित्यिक सँगालोसमेत प्रकाशन गर्दै आएको छ ।