लेखक खेमराज दाहालको दोश्रो कृति ‘भद्रपुरको प्रतिबिम्ब’ चन्द्रगढी (झापा)मा विमोचन गरिएको छ । तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार भएको पुस्तकको विमोचन भद्रपुर नगरप्रमुख गणेश पोखरेलले गरेका हुन् ।
डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता तथा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख पोखरेलको रहेको थियो भने खगिन्दा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकको समिक्षा हल्दिवारी गाउँपालिकाका अधिकृत तथा डाइनामिक ग्राुपका सल्लाहकार राजन न्यौपानेले गरेका थिए ।
ग्रुपका सचिव चन्द्रमणि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको सो कार्यक्रममा स्वागत मन्तव्य डाइनामिकका सदस्य उमेश पाण्डेले दिएका थिए ।
प्राज्ञ हरि पौडेल, प्रा.डा. गंगा प्रसाद अधिकारी, समाजसेवी तथा चन्द्रगढी सामुदायिक वनका अध्यक्ष दुर्गा प्रसाद भट्टराई, भद्रपुर ९ का वडाध्यक्ष राम दाहाल, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, कार्यपालिका सदस्य सीता ढकाल गुरागाई, १० नं. वडा सदस्य दुर्गा प्रसाद दाहाल, ८ नं. वडा सदस्य भगवती बस्नेत, अग्रज पत्रकार चिन्तामणि दाहाल, समाजसेवी शिव राजभण्डारी लगायतको विमोचन कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्रतिक्रिया