- विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानको दक्षिण पश्चिमी क्षेत्र क्युसुमा आएको शान्सान आँधीले विभिन्न क्षेत्रमा क्षति र जनजीवन ठप्प बनाएको छ ।
क्युशु क्षेत्रमा कुमामोतो, ओइता, मियाजागी, नागासाकी, फुकुओका क्षेत्रमा भारी बर्षा सहित आँधीबेहरीले हवाई उडान, अधिकांश रेल सेवा र सडक यातायात प्रायः अवरुद्ध भएका छन् ।
मियाजाकी शहरमा तेज गतिको हावाहुरीका कारण कम्तिमा चार जना घाइते बनाएको बताइएको छ ।
दर्जनौं स्थानमा घरको छतहरु उडाएको तथा घरको झ्यालको सिसाहरु फुटेको, गाडीहरु डुबान तथा कुमामोतो, मियाजाकी लगायत प्रान्तमा पहिरो गएको छ ।
मियाजाकी प्रान्तमा अचानको आँधी बेहरीले २० भन्दा बढि स्थानमा क्षतिको विवरण प्राप्त भएको अधिकारीहरुले बताएका छन् ।
बिजुलीको पोलहरुमा क्षति, केहि स्थानहरुमा सडक छेउका पर्खालहरु ढलेको तथा भौतिक क्षतिका विवरणहरु आउने क्रम जारी रहेको अधिकारीहरुलाई उद्धृत गर्दै एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।
प्रतिक्रिया