दीपक मनाङ्गेको नामबाट चिनिएका गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङले पदबाट राजीनामा दिएका छन् । सोमबार (१७ भदौ) मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मनाङ्गेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
उनले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मनाङ्गे मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रदेशका मुख्यमन्त्री पाण्डेले सोमबार नेकपा (एमाले)का चार जना मन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया