शशाङ्क कोइरालाको उद्घोष- ‘आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन…’

शशाङ्क कोइरालाको उद्घोष- ‘आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन…’


नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने उद्घोष गरेका छन् ।

बुधबार (१९ भदौ) चितवनमा पत्रकारसँग कुराकानी गर्दै डा. कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताएका हुन् ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको जिकिर गर्दै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता डा. कोइरालाले भने, ‘अब सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन ।’

महाधिवेशन समयमा नै हुनुपर्ने धारणा राख्दै उनले भने, ‘सभापतिजीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।’

नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने पनि डा. कोइरालाले बताए ।

file photo