मलेखुको पहिरो पन्छ्याएपछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग

मलेखुको पहिरो पन्छ्याएपछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग


  • विकाश रौनियार, मलेखु (धादिङ)

लगातारको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-मलेखु सडक खण्ड सञ्चालनमा आएको छ ।

धादिङको मलेखुनजिकै हिलटप भन्नेस्थानमा हिलोमाटो सहितको पहिरो जाँदा आज (२१ भदौ) बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो । पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ ।

राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान भइरहेका छन् ।