नवनियुक्त गृहसचिव गोकर्णमणि दुवाडीले आज (२१ भदौ) पदबहाली गरेका छन् ।
यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिव रहेका दवाडीले यसअघिका सचिव एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृहसचिवको जिम्मेवारी पाएका हुन् ।
दुवाडीले यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका छन् ।
पदबहालीपछि सचिव दुवाडीले शान्तिसुरक्षालाई प्रभावकारी बनाउन तथा सेवा प्रवाहलाई चुस्त पार्न निर्देशन दिएका थिए ।
उनलाई गृहमन्त्रालयका कर्मचारीसहित नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत मातहतका निकायका अधिकारीहरुले मन्त्रालमा स्वागत गरेका थिए ।
प्रतिक्रिया