✍ नकुल काजी
बाँझिन लागेकाे झापाभूमिलाई केही जाँगरिला कलमीहरूले पुनः ऊर्बर तुल्याउन थालेका सुखद आभास हुन थालेकाे छ । साहित्य लेखनका विभिन्न बिधा-फाँटमा गत एक वर्षयता केही पठनीय र समय-अपेक्षित सन्देशप्रदायी पुस्तकहरू प्रकाशमा आएका छन् । तीमध्ये निराेज कट्टेलकाे ‘२०२८ : झापा विद्राेहकाे अन्तर्कथा’, देशकाे भावी कर्णधार किशाेर-किशाेरी र युवा-युवतीका ‘प्राकृत नेपाली सुमति’-मा डढेलाे लगाइरहेकाे ‘लागू पदार्थ’-काे विनाशकारी व्यसन बिरुद्ध चेतना नेपाल नामक संस्था नै स्थापित गरी अथक अभियान चलाइरहनु भएका अभियन्ता इन्द्रप्रसाद ओलीकाे ‘दिव्य दृष्टि’ तथा श्रमशील पत्रकार एवम् सूचना-सेवा (सञ्चार)-का सारभूत सिद्धान्तका अनुपूरक विषय उठान र विश्लेषणमा केही दशकदेखि उदित तारामणि सापकाेटाकाे ‘आमसञ्चार र समावेशी पत्रकारिता’ जस्ता झापाली कलमकर्मीका पुस्तकहरू २०८०-‘८१ सालका उल्लेख्य झापाली पुस्तकाकार उत्सर्जन हुन् ।
र, अहिले फेरि, सानाे भए पनि, अख्तियार गरिएकाे विषयका हकमा लगभग पूर्ण पुस्तक (complete book) मान्न सकिने पुस्तक, निकै ठूलाे परिश्रम गरेर, खेमराज दाहालले ‘भद्रपुरकाे प्रतिविम्ब’ नामलाई ‘तथ्याङ्कमा भद्रपुर, झापा र नेपाल देख्न सकिने उपयाेगी पुस्तक’-काे दाेसल्ला ओडाएर प्रकाशमा ल्याउनु भएकाे छ । पुस्तकले अँगालेकाे विषयका हकमा याे पुस्तक पनि यस अवधिकाे उत्कृष्ट र यस किसिमकाे पुस्तक तयार गर्ने जाँगर, दाहिने-देब्रे नहेरी, उच्च प्रशंस्य त हुन्छ नै, मात्र हाेइन, हुनै पर्दछ ।
यस अघि पनि, यसै समयावधि (२०८०- ‘८१ साल)-मा दाहालका दुई कृति यसै विधा-परिधि अँगालेर प्रकाशमा आएका छन् – ‘झापाकाे प्रतिविम्ब’ र ‘गाैरादहकाे प्रतिविम्ब’ । यी दुईमध्ये ‘झापाकाे प्रतिविम्ब’ चाहिँ लामाे र ठूलाे २० पृष्ठकाे भित्तेपात्राे (calendar)-काे रूपमा छापिएकाे छ, जाे झापालाई जान्न चाहनेका लागि सायद पूर्ण-सम्पूर्ण (complete whole) जानकारीहरूले लटरम्मै र झरिलाे कृति हाे भनेर नमानिनु न्याय हुदैन । ‘गाैरादहकाे प्रतिविम्ब’ चाहिँ ठीक त्यस्तै छ जस्ताे ‘भद्रपुरकाे प्रतिविम्ब’ छ । यी तीनवटै कृतिमा एकै प्रकारले ‘प्रतिबिम्ब’-काे हिज्जे (spelling) पनि ‘प्रतिविम्ब’-मा अन्यायपूर्वक थेचारिएका छन् । लिखित कृतिकाे नाम पनि ‘संज्ञा ‘ नै त हाे नि भनेर नबुझिदिने हाे भने ‘प्रतिविम्ब’ शब्दभित्र ‘वि’-काे प्रयाेग गलत देखिन्छ । तर, कृतिकाे समग्र स्वरूपलाई त्यति जाबाे गल्तीले धमिल्याउँदैन, धमिल्याउन दिनु हुँदैन ।
अतः यी तीनवटै कृतिलाई मिसमास गरेर गाँस बनाउने हाे भने यी तीनवटै कृतिलाई ‘खाेज-पत्रकारिता’ (investigative journalism)-काे अब्बल उत्पादन मान्ने रहर हरहर हुन्छ । खेमराज दाहालका यी तीनवटा कृतिले मात्र हाेइन – निराेज कट्टेल, इन्द्रप्रसाद ओली र तारामणि सापकाेटाका, माथि उल्लिखित, कृतिहरूले पनि खाेज-पत्रकारिताकाे घरमा न्यानाे आतिथ्य पाउने हक राख्छन् भन्ने याे टिप्पणीकारकाे अदम्य दाबी छ ।
भद्रपुरकाे साँच्चै ‘प्रतिबिम्ब’-काे रूपमा प्रकाशमा आएकाे पुस्तक ‘भद्रपुरकाे प्रतिविम्ब’-ले भद्रपुरकाे भूगाेलभित्रकाे जानकारी के चाहिँ दिन बाँकी राखेकाे छ र ? इण्डियन जनसंख्या अतिक्रमणकाे ठेलमठेलले वर्तमानलाई भन्दा भावी चिन्तालाई क्रमिकरूपमा अव्यक्त रूपमा अझ-अझ आक्रान्त बनाउँदै लैजाने क्रममा भद्रपुरकाे साे ‘वर्णशंकरे भीड’-भित्रका जतिजनाले याे पुस्तक पढ्लान् त्यतिलाई भद्रपुरकाे भूगाेलभित्र के-के कहाँ-कहाँ छन् र के-कस्ता स्थितिमा छन् इत्यादि साङ्गाेपाङ्गाे जान्न कतै अल्मलिनु पर्दैन । आजभन्दा १०७ वर्षअघि (वि.सं.१९७४)-सम्म ‘धुपगाछी’ नामले चिनिने बेलादेखि आजकाे अवस्थासम्मकाे भद्रपुरकाे इतिवृत्तान्त यस पुस्तकमा पढेर जान्न पाइन्छ । यसका साथै, याे ६२+९=७१ पृष्ठकाे २१× १४ से. मि. आकारकाे पुस्तकमा भद्रपुरलाई जीवन्त देख्न सकिन्छ । र थप, भद्रपुर बाहिरका अत्यावश्यक जानकारीहरू समेत समाविष्ट छन् यसमा ।
सामाजिक सञ्जालकाे बढ्दाे प्रभावकारिता किशाेर, युवा र वयस्कहरूका लागि सहज ग्रह्य भएका कारण पनि र यसले सबै उमेर समूहका लागि आ-आफ्नै किसिमले ‘फेसन’-काे आकर्षक रूप लिँदै गएका कारण पनि ‘पुस्तक पढ्ने चलन’ क्रमिकरूपमा घट्तै गएकाे छ । अर्थात् , यसरी पनि पुस्तक पढ्नेकाे संख्या घट्ताे अवस्थामा छ र अक्षर-खेतीमा मनाेवैज्ञानिक खडेरी पर्दै गइरहेकाे आभास हुँदैछ – जसरी ‘आफ्नाे बारीकाे’ प्राङ्गारिक हाेइन ‘पारि’-काे प्रदुषित साग-सब्जी खाने चलन हाम्रा चूलाहरूमा पसिसकेकाे छ । यद्यपि, कलमीहरू आफ्ना कृति जीवनाेपयाेगी, सरस र आकर्षक बनाउन तल्लिन र तदारुक पनि छँदैछन् । याे साँच्चै धितमर्दाे विषय हाे मात्र हाेइन माैलिक नेपाली नश्लका झापालीले गाैरव गर्नुपर्ने विषय नै हाे ।
कलमका जाँगरिला उद्यमी खेमराज दाहाल र यी कृतिका सम्पादक कवयित्री खगिन्द्रा खुशी लगायत प्रकाशकहरू समेतमा आभ्यन्तरिक निश्शेष धन्यवाद तथा उहाँहरूकाे याे र यस्ताे जाँगर अजम्मरी रहाेस् भन्ने स्निग्ध शुभकामना !
- प्राज्ञ टाेल, भद्रपुर (झापा)
प्रतिक्रिया