✍ श्यामकृष्ण लम्साल
म राघवलाई मुटूभित्रै अटाउन चाहन्थेँ
हृदयहृदयमा सजाउन चाहन्थेँ
बलिपाध्येको गहतेडाँडाको चौतारमा उभिएको
बरपिपलको रुख झैँ
अग्लो रुपमा
ठिङ्ग उभ्याउन चाहन्थेँ
भाव-भावमा मन-मष्तिष्कमा
जीवन्त (ज्युँदोजाग्दो) स्वरुप उभिन्छ
मायाको नदीबाट बगेका
आँशुका ढिकाहरुले भनिरहेछन्
राघव.. ठिङ्ग उभिएको सतीसाल जस्तै हुनुपर्छ
म राघवलाई मुटुभित्रै अटाउन चाहन्थेँ
हृदयमा सजाउन चाहन्थेँ !
- दिङ्ला, भोजपुर
प्रतिक्रिया