✍ राजेश ढुंगाना
हो
एउटा क्रान्तियोद्धाको मृत्यु त
इात्राको सुरुबाट हो
जीवनको
उ मऱ्यो, मऱ्यो र
जसलाई मार्ने
तिम्रो जीवन मरिको
असमयव भएको सपना थियो
तिमीलाई
चिच्याई नचिच्याई
भन्छु ददकार्दै
कि एउटा
क्रान्ति, पुरुषको मृत्यु त
यात्राको समाप्ति होइन
सुरुबाट पो हुन्छ
अनन्त जीवनको
तिमीले
उसलाई मार्न
२००७ फागुन ७ लाई
पात्रोबाट
सधै सधैका निम्ति
हटाउन सक्नु पर्छ
सैनिकका
संगीनले सबैलाई
मार्न सक्दैन
मान्छेका मनमा
यो श्रृष्टि रहुन्जेल
बसिसकेको
उसलाई मार्न
आस्था र विश्वासलाई
मार्न सक्नु पर्छ
मान्छेको मन र मुटुमा
त्यसैले
म निर्धक्क भन्न सक्छु
उ बाँच्छ
युग युगसम्म
नेपाली मुटुको धड्कन भएर
तानाशाहहरुको लागि
मृत्युको
नियन्त्रणा भएर
हो,
एउटा क्रान्ति योद्धाको
मृत्यु त
यसले थालेको
यात्राको
समाप्ती होइन
नयाँ यात्राको सुरुवात हो
कहिले नसकिने
नयाँ र थप यात्राको !
प्रतिक्रिया