अमेरिकामा नेपाली लाइब्रेरी

अमेरिकामा नेपाली लाइब्रेरी


अमेरिकामाको नर्थक्यारोलिना निवासी मेघाको अवधारणा र संयोजनमा नेपाली लाईब्रेरीको स्थापना भएको छ । यही भदौ १५ गते नर्थक्यालिफोर्नियामा एक समारोहकाबीच पुस्तकालयको उद्घाटन भएको हो । आरम्भ नेपाली पुस्तकालय एउटा गैर-नाफामूलक संस्था हो जसको उद्देश्य नेपाली साहित्य र शिक्षा क्षेत्रको प्रवर्द्धन गर्नु हो । समुदायको सहभागिता जुटाएर र सांस्कृतिक आदानप्रदान बढाएर नेपाली साहित्यको सम्प्रेषण र सम्बर्धन गर्नु यो लाइब्रेरीको उदेश्य रहेको छ ।

आरम्भ नेपाली पुस्तकालयमा स्थानीय समुदायलाई नेपाली र अंग्रेजी भाषामा लेखिएका विभिन्न खाले पुस्तकहरू निःशुल्क उपलब्ध गराइन्छ । सामुदायिक कार्यक्रमहरू, पठनपाठन कार्यक्रमहरू, र साहित्यिक छलफलहरू आयोजना गरेर सबै उमेरका मानिसहरुलाई संलग्न गर्ने थप उद्देश्य हो । स्थानीय लेखकहरूलाई प्रोत्साहन गरेर र साहित्यिक कार्यक्रमहरु संचालन गरी एउटा समृद्ध साहित्यिक समुदाय निर्माण गर्नका लागि आरम्भले पहल गर्नेछ । जहाँ पठनपाठनको माया र सांस्कृतिक सद्भावना हुनेछ ।

मेघाका अनुसार, नेपाली र अंग्रेजी भाषाका पुस्तकहरु स्थानीय नेपाली समूदायलाई अध्ययन गर्न सहज होस भनेर पुस्तकालयको स्थपना गरिएको हो । लाईब्रेरी डटकम मार्फत निशुल्क पुस्तकहरु पढ्न पाउने ब्यवस्था गरिएको छ । पुस्तकालयको अध्यक्षमा मेघा, उपाध्यक्षमा शिब बस्नेत, कोषाध्यक्षमा रमिता चित्रकार, सचिबमा इन्दिरा सापकोटा रहनुभएको छ । यसैगरी बोर्ड सदस्यहरुमा ङीमा पाख्रिन रहनु भएको छ ।

सल्लाहकारमा जीतमान बस्नेत, डा. चन्द्र गिरी, बबिता बस्नेत, प्रेम सापकोटा, फूलमान बल र राम सुन्दर हाडा रहनुभएको छ ।