✍ कमला रिजाल
सम्पत्ति हुन्, गहना हुन् बालबालिका हाम्रो देशका
सुन्दर भविष्य निर्माण गर्ने लिनुपर्छ अभिभारा
सकरात्मक, आत्मविश्वास, स्वावलम्बन जगाएर
यो देशको मुहार फेर्ने अब्वल मानव बनाएर
गर्भभित्र अनि बाहिर असल संस्कार सिकाएर
सिर्जनाका मुल्यहरू विश्वसामु उठाएर
समानता, दिगो विकास, समृद्धिको विगुल फुक्छन्
यो माटोमा हिरा मोति पौरखले विश्व जित्छन्
शिक्षा, संस्कार, सचेतना मानव मूल्य सिकाउनु छ
भित्रि ऊर्जा जगाएर विकासमा जुटाउनु छ
जात, जाति, भाषा, धर्म विविधताको फुलबारीमा
सिकाउनु छ रमाउन अनेकताको एकतामा
नसिकाउँ अन्धविश्वास, कुरीति र कुुसंस्कार
बन्छ फेरि यिनको जीवन पर्दाभित्र अन्धकार
प्रतिभाका खानी हुन् प्रस्फुटनमा लाग्नुपर्छ
विविधता छ क्षमतामा भित्री मर्म बुझ्नुपर्छ
तन, मन र वचनले बालहितका निम्ति जुटौँ
कर्मठ, सच्चा देशका सपुत यही माटोमा रोपौँ ।
प्रतिक्रिया