उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य पछिल्ला तीन दिन लगातार ओरालो लागेको छ । यसै क्रममा आज (३ असोज) सुन प्रतितोला रु आठ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार ६ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।
प्रतिक्रिया