प्रतीक्षा प्रगाढ रङहरूको !

प्रतीक्षा प्रगाढ रङहरूको !


जब जिन्दगीमा सफलताका रङ्गहरू भेटिँदैनन्
रङ्गहरूको चमक पनि फिक्का लाग्ने रहेछ
पन्छाइरहँदा सङघर्षका गोरेटाहरू
आफै कहिँ-कतै हराएजस्तो लाग्दोरहेछ,
म शून्यताको बाटोमा हिँडिरहेकी छु
मेहेनतका रङ्गहरू बटुल्दै छु
आत्मविश्वासमा अडिग छु म
सफलताको झिनो आश बोकेर !

यदि कुनै दिन सफलताको रङ्गहरू भेटिए भने
मेरो शरीर र स्वासले साथ दियो भने
मनाउँला सफलतामा खुसीका रङ्गहरू
मिसाउँदै प्रगति र उमङ्गका क्षणहरू
अनि थपौँला अनुहारमा-
मुस्कान र हर्षका प्रगाढ रङ्गहरू ।