राजश्व छलीको सामानबाहक ट्रक नियन्त्रणमा

राजश्व छलीको सामानबाहक ट्रक नियन्त्रणमा


पर्सा प्रहरीले राजश्व छलेर सामान ल्याउँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका १९ स्थित सिर्सिया चोकमा ना५ख १६७ नम्बरको मालबाहक ट्रकमा साथमा रहेको बिलबिजक भन्दा बढीका हार्डवेयरलगायतका मालबस्तु लोड गरी वीरगञ्जबाट काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँबराबरका सामान रहेको छ । प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि ट्रक र सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।