सहकारी ठगी प्रकरणमा पूर्व डिआईजी जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व डिआईजी जोशी पक्राउ


सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

जीवी राई र रवि लामिछानेसँगै गोरखा मिडियामा संचालकसमेत रहेका जोशीलाई काठमाडौंबाट आइतबार (६ असोज) पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई जनस्तरबाट दबाब परेको र सरकारले पनि सो प्रतिवेदन कार्यान्वयन गरिने जनाएकै परिवेशमा जोशी पक्राउ परेका हुन् ।