दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा


आफूलाई सामाजिक अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसाईंलाई प्रहरीको टोलीले आज (६ असोज) भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

साइबर अपराधको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएको थियो ।

प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको हो ।

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिँदै साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, ‘प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।’