प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता


  • प्रकाश सिलवाल, न्युयोर्क

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आज (६ असोज) आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गर्नुभएको छ ।

उक्त समिटको उद्घाटनसत्रमा सहभागी भएपछि आयोजित छलफलसत्रको प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको हो । यो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी योजनाबारे छलफलमा सहभागी सदस्य राष्ट्रका मन्त्री र प्रतिनिधिले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

त्यसअघि, प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले समिट अफ द फ्युचरमा भाग लिएको थियो ।

प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको अन्तरक्रियात्मक सत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।

rss