किन स्थगित गरियो प्रधानमन्त्रीले अमेरिकामा नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया ?

किन स्थगित गरियो प्रधानमन्त्रीले अमेरिकामा नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया ?


संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागिताका लागि अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवासहित सरिक हुनेगरी न्युयोर्कमा आइतबार बेलुकी (नेपालको समयअनुसार सोमबार बिहान) सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको सूचनाअनुसार तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरिएको हो ।

सहकारी प्रकरणमा रवि लामिछानेलाई सरकारले पक्राउको तयारी गरिरहेको बेला कार्यक्रममा उनका समर्थकले गर्नसक्ने सम्भावित विरोधका कारण कार्यक्रम स्थगित गरिएको अनुमान गरिएको छ ।

photo: rss