- विशेष प्रतिनिधि, युरोप
अनेसास बेल्जियमको आयोजनामा आन्त्वेर्पेनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट आउनुभएका प्रगतिशील साहित्यकार तथा सौन्दर्य दर्शनका लेखक निनु चापागाईं र कवि, पत्रकार तथा गीतकार संगीत श्रोताको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सभापतित्व सोही च्याप्टरका उपाध्यक्ष लोकनाथ शर्माले गरेका थिए ।
राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रम परिचय हुँदै अघि बढेको थियो । कार्यक्रममा श्रष्टाहरुले कविता वाचन गरेका थिए । कवि तथा नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष संगीत श्रोताले आफ्नो लोकप्रिय गित ुचरी लैजा समाचारु गाएर सबैलाई भाबुक बनाएको थियो।
कार्यक्रम संचालक गोपाल दाहालले प्रमुख अतिथि सौन्दर्य बेत्ता तथा लेखक निनु चापागाईंलाई कला तथा साहित्यमा सौन्दर्य चेतबारे बोल्न अनुरोध गरेपछि सभाहल स्तब्ध भयो। लेखनमा निनुको गहन तथा दुर्लभ दार्शनिक सौन्दर्य विधा बुझ्न गहन बहसको आवश्यकता हुन्छ । तर उहाँहरुको छोटो समयका धेरै कर्मकाण्डी तामझाम गर्नुपर्ने, माया मनितो साट्नुपर्ने र आफ्ना अग्रजहरुसंग अनौपचारिक गफ पनि गर्नु पर्ने । कार्यक्रममा एकछिन बहस भयो । अनेसास बेल्जियमका सँस्थापक सचिव शंकर बजगाईं,संस्थापक उपाध्यक्ष बिमल गिरी,सल्लाहकार ब्रह्म वाग्ले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित बहस शुरु हुनु ठिक अगाडी नै अनेसासका उपाध्यक्ष लोकनाथ शर्माले अतिथि द्वयलाई खादा लगाएर सम्मान गरे। जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेलबाट सौजन्य प्राप्त मायाको चिनो समेत अतिथिद्वयलाई प्रदान गरियो। तेज नेपालीले अन्तरक्रियाको ब्यानर अनेसास बेल्जियमलाई उपहारस्वरुप प्रदान गरेका थिए।
कार्यक्रम भब्य भयो । अत्यान्त मौलिक र काव्यिक बहसमा केन्द्रित कार्यक्रमको छाप सबैलाई पऱ्यो । विषय पनि सौन्दर्य चिन्तन, शुन्दरताका विविध पक्ष जसले साहित्य र दर्शनलाई दृष्टि प्रदान गर्दछ । उपस्थित सबैले कार्यक्रम छोटो तर आकर्षक भयो भन्ने प्रतिक्रिया दिए । अनेसासको इतिहासमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, मकवानपूरका अध्यक्ष मणिराज गौतम, पर्वतका पुर्व अध्यक्ष संगीत श्रोता र अनेसास केन्द्रबाट स्वयम् उपाध्यक्ष डिल्ली अम्माई उपस्थित उक्त कार्यक्रमलाई सँधै याद गरिने ठानिएको छ।
अझ रोचक कुरा, नेपाली प्रगतिशील मोर्चा युरोप र प्रवाशी मञ्च युरोपबाट शालिक थपलिया र बिष्णु भुजेल कार्यक्रममा आउनुभएको थियो । त्यस्तै नेपाली साहित्य क्षेत्रका दुई हस्तीहरुको सम्मानमा एनआरएनएका पुर्व अध्यक्ष चित्र सुवेदी, ओएनयफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने,नेत्रीद्वय सावित्री गिरि तथा सुशीला खतिवडाको उपस्थिति रहेको थियो।
प्रतिक्रिया