झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रोबस भेटियो

झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रोबस भेटियो


गत शुक्रबार गोरखाबाट काठमाडौंका लागि हिँडेको एक यात्रुबस र शुक्रबार नै चितवनबाट काठमाडौंका लागि हिँडेको माइक्रो बस सहिलेसम्म सम्पर्कविहीन रहेको बताइँदै गर्दा पृथ्वी राजमार्गको खानीखोलानागढुंगा सडक खण्डमा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा अर्को एउटा माइक्रो बस भेटिएको छ ।

यो माइक्रोबस चितवनबाट आएको बताइए पनि माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन । उक्त माइक्रोबसबाट तीन जनाको शव बाहिर निकालिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा सो माइक्रोबस भेटिएको हो ।

यसअघि बुटवलबाट आएको विंगर (माइक्रोबस) पनि पुरिएको अवस्थामा शनिबार भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।