विपदमा परेर मृत्यु हुनेको संख्या डेढ सय पुग्यो

विपदमा परेर मृत्यु हुनेको संख्या डेढ सय पुग्यो


अबिरल रुपमा गत शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या करिब डेढसय पुगेको छ ।

नेपाल प्रहरीले आइतबार (१३ असोज) दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेको सख्या १ सय ४८ पुगेको छ भने ५५ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका घाइतेको संख्या १०१ छ ।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् । काभ्रे जिल्लाभरिमा ३१ जनाको ज्यान गएको छ भने ललितपुरमा २३ जनाको मृत्यु भएको छ।