त्रिकोणात्मक टी-२० सिरिज : क्यानडाको सामना गर्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिज : क्यानडाको सामना गर्दै नेपाल


त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज (१५ असोज) क्यानडाको सामना गर्दै छ । क्यानडाको ओन्टारियोस्थित किङ सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि शुरु हुनेछ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक/एक जित र एक/एक हार ब्यहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी-२० खेल भएको छ, जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ । यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन् ।