विद्युतीय अपराधको अभियोगमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालतले एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही रु ५०/५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौं अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौं अदालतमा दायर गरेको थियो ।
व्यवसायी प्रसाईंले एक महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया