उषा

उषा


निष्पट्ट अँध्यारोमा
अल्मलिएको अवस्थामा
मुस्कुराउँदै
धरतीमा देखापर्छिन्
उषा
दुःखको पहाडबाट
झरेर बनेका
दुःखै दुःखका आहालहरूमा
जाकिएको बेला
सहारा बन्न आइपुग्छिन
उषा,
उषाको खोजिमा
कहिले कता
कहिले कता
भौंतारिइरहन्थेँ
उन्नति प्रगतिको नाममा
तड्पिएर
संघर्ष गरिरहन्थेँ
तिमी त हृदयमै रहिछौ
खुशी भएर
मनभित्रै बहने
आत्माभित्रको
परमात्मा भएर बग्ने
आँसुका घुड्काहरू पिएर
बाँच्ने मलाई
भवसागरबाट पार लगाउन
तिम्रो सृष्टि भएको रहेछ
धरतीलाई घाम र जून
चाहिन्छ भनेर उज्यालो छर्न
तिम्रो आगमन भएको रहेछ

  • दिङ्ला भोजपुर