साउदी अरब अधिराज्यद्वारा दुःख ब्यक्त !

साउदी अरब अधिराज्यद्वारा दुःख ब्यक्त !


मित्रराष्ट्र साउदी अरब अधिराज्यले नेपालमा हालै प्राकृतिक बिपत्तिले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।

साउदी अरब अधिराज्यका दुई पवित्र मस्जिदका संरक्षक तथा युवराज प्रधानमन्त्रीले नेपालका राष्ट्रपतिलाई एक सन्देश पठाउँदै दुःख ब्यक्त गरिबक्सेको हो ।

यसैक्रममा नेपालस्थित साउदी राजदूताबासले पनि एक विज्ञप्ति जारी गर्दै नेपालको दुःखमा ऐक्यबद्धता जनाउने बताएको छ ।

राजदूताबासद्वारा जारी विज्ञाप्तिमा भनिएको छ- ‘बाढी र पहिरोमा परि कैयौं ब्यक्तिको मृत्यु तथा घाइते भएकोमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकार र जनताप्रति साउदी अरब अधिराज्य ऐक्यबद्धता ब्यक्त गर्दछ । दूतावासले मृतकका परिवार, नेपाल सरकार र जनताप्रति गहिरो समबेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

ज्ञातब्य छ, हाल साउदी अरब अधिराज्यका तर्फबाट नेपालका लागि राजदूतमा साद अबुहैमेद हुनुहुन्छ ।