अन्तर्राष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशन सम्पन्न

अन्तर्राष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशन सम्पन्न


  • विकाश रौनियार, धादिङ

‘प्रवासीहरुको संगठित अभियान : समृद्ध धादिङ हाम्रो स्वाभिमान’ भन्ने मन्त्र बोकेको अन्तर्राष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशन धादिङको सदरमुकाम धादिङवेशीमा सम्पन्न भएको छ ।

महाधिवेशनबाट अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा चैनपुर घर भई यूके बस्दै आएका राजन खकुराल पुनः चयन भएका छन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ – धादिङ, उपाध्यक्षहरुमा सविन थपलिया – अस्ट्रेलिया, राजेन्द्र श्रेष्ठ – जापान, बद्री खतिवडा – अमेरिका, महासचिवमा बाबुकाजी भण्डारी – जापान, सचिवहरुमा राजेन्द्र थपलिया – दक्षिण कोरिया, कल्याणविक्रम कार्की – अस्ट्रेलिया, कोषाध्यक्षमा रामकुमार थापा – नेपाल र सह-कोषाध्यक्षमा सोमनाथ कँडेल – कतार चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा दीपक तिमल्सिसना – यूके, पारश भण्डारी – अष्ट्रेलिया, विनोद उप्रेती – अष्ट्रेलिया, कमल दुवाडी – अमेरिका, छन्दप्रसाद सिलवाल – इण्डिया चयन भएका छन् ।

पुनः अध्यक्षमा चयन भएसँगै खकुरालले ९ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन्, जस्मा १. विश्वभर छरिएर रहेका धादिङेलीलाई संगठित गर्दै भावनात्मक एकतासहितको विशुद्ध सामाजिक, गैह्र राजनीतिक र मानवीय सहायतामूखी साझा संस्थाको रुपमा अन्तराष्ट्रिय धादिङ समाजलाई अविच्छिन्न रुपमा स्थापित गर्ने । २. धादिङ जिल्लाको समग्र विकासमा प्रतिबद्ध हुँदै धादिङवासीको आर्थिक समृद्धिका लागि सामूहिक तथा व्यक्तिगत लगानी गर्न उपयुक्त वातावरण सिर्जना गर्न आव्हान गर्दै धादिङ जिल्लामा हुने पुर्वाधार विकास र सामाजिक उद्धमका क्षेत्रमा लगानी गर्ने । ३. विश्वका जुनसुकै देशमा प्रभावकारी सञ्जाल तयार, संयन्त्र निर्माण एवं समन्वय गरि अप्ठेरोमा परेका आप्रवासी धादिङेलीहरुको सहयोग, उद्धार र पुनःस्थापनाका लागि आवश्यक पहलकदमी गर्ने । ४. नेपालको संविधानमा व्यवस्था भइ नागरिकता ऐन संशोधनबाट भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका समस्याहरुको तत्काल समाधान गरि आप्रवासीहरुको मातृभूमिप्रतिको अगाध प्रेम, कर्तब्य र लगानी सम्मान गर्न नेपाल सरकार समक्ष यो महाधिवेशन गर्ने । ५. वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेकाले धादिङ जिल्लमा भित्रिने विप्रेशणलाई उत्पादनमूलक क्षेत्रमा लगानी हुने बातावरण तयार गर्न एवं वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण ,मर्यादित र व्यवस्थित बनाउँन धादिङका सवै स्थानीय सरकारसंग सुरक्षित वैदेशिक रोजगार र वित्तीय सचेतना कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने । ६. धादिङका विकट र विपन्न समुदायका बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गर्न विभिन्न देशका धादिङवासीहरु र समन्वय समिति संग सहकार्य गरि जेहन्दार विद्यार्थी छात्रबृत्री कोष स्थापना गर्ने । ७. विपन्न धादिङवासीको स्वास्थ्य उपचारमा सहयोग गर्न एक उपचार सहायता कोष स्थापना गरिनेछ । विभिन्न पालिका र संघसंस्थाहरु संग सहकार्य गरि स्वास्थ शिविर र स्वास्थ सचेतना कार्यक्रम सञ्चालन गर्ने । ८. विश्वब्यापी महामारीको रुपमा आएको कोभिड १९ का बेला धादिङका स्थानीय सरकार र संघसंस्थाहरुसंग सहकार्य गरि गरिएको राहत तथा सहायता अभियानबाट प्राप्त अनुभवबाट सिक्दै जिल्लामा हुने कुनै पनि विपद् तथा महामारीहरुमा मानवीय सहायताका लागि यथासक्य सहयोग गर्ने । ९. विश्वका विभिन्न देशमा महत्वपुर्ण योगदान, ब्यवसायीक दक्षता र उदाहरणीय काम गरिरहेका धादिङेलीहरुको प्रोफाइल तयार गरि उनीहरुको ज्ञान, अनुभव र श्रोतलाई जिल्लाको विकास अभियानमा जोड्न आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने ।

सोही कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल, धादिङ क्षेत्र २ प्रदेश (क) सांसद गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, उपमेयर दीपक विश्वकर्मालगायत विभिन्न गाउँपालिकाका अध्यक्ष एवम् प्रतिनिधिहरु , प्रमुख जिल्ला अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरू, संचारकर्मी, कलाकारहरुको उपस्थिति रहेको थियो ।