२२औँ सिनियर एसियाली कराते प्रतियोगितामा नेपालकी एरिका गुरुङले नेपाललाई कास्य पदक दिलाएकी छन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अङ्कले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८–० अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।
file photo
प्रतिक्रिया