सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामै १८ सयले मूल्यवृद्धि

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामै १८ सयले मूल्यवृद्धि


सुनको मुल्य बढ्ने क्रम जारी छ । सुनको मुल्यले आज (७ कात्तिक) पनि नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामै १८ सयले बढेर अहिलेसम्मकै उच्च अर्थात् सुनको मूल्य तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ ।

मंगलबार तोलाको एक लाख ६५ हजार ९ सयमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।