छतबाट लडेर मजदुरको मृत्यु

छतबाट लडेर मजदुरको मृत्यु


काठमाडौंको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका-५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर उनको मृत्यु भएको हो । गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।