लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी


सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ गर्न अनुमति दिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।