नागरिक शक्ति नेपालको एक प्रतिनिधिमण्डलले आज (२० कात्तिक) कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटी किसानको हितका निम्ति विभिन्न माग प्रस्तुत गरेको छ ।
अर्गानिक उत्पादन गरि आफ्नो परिवारलाई कृषिमा आत्मनिर्भर बनाउन सक्ने एक शय किसानलाई आकर्षक पुरस्कारको ब्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
प्रथम हुनेलाई रू. एक करोड, द्वितीय हुनेलाई रू. पचहत्तर लाख, तृतीयलाई पचास लाख र सान्त्वनाका लागि तीन जनालाई रू. पच्चीस लाखका दरले तथा बाँकी चौरानब्बे जनालाई रू. दस लाख राशिको पुरस्कार ब्यवस्था हुँदा युवापुस्ता कृषिमा आकर्षित हुनसक्ने र, यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने नागरिक शक्तिको विश्वास रहेको छ ।
नागरिक शक्ति नेपाल कृषि विभागका प्रमुख रेशम डुम्रेको पहलमा भएको भेटका क्रममा डुम्रेले मागपत्र प्रस्तुत गर्दै आफूले माग पूरा हुने विश्वास लिएको मन्त्रीसमक्ष स्पष्ट गर्नुभएको छ । किसानलाई विशेष परिचयपत्रको ब्यवस्था हुनुपर्ने, सामुहिक खेती र निजी आम्दानीको नीतिगत ब्यवस्था हुनुपर्ने तथा अर्गानिक मल एवम् विषादी उत्पादनलाई प्रोत्सान गर्नुपर्ने लगायतका माग नागरिक शक्तिले राखेको छ ।
मन्त्री रामनाथ अधिकारीले प्रतिनिधिमण्डलसमक्ष माग पूरा गर्न सम्पूर्ण प्रयास गरिने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिनिधिमण्डलमा नागरिक शक्ति, नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठी, सुरेन्द्रकुमार जोशी, प्रेमकुमार गुरागाईं, सुभास प्रसाद पाण्डे, दिलिप तामाङ्ग, जुलुमरत्न डङ्गोल, रेशम डुम्रे, गीता सेढाइँ यादव, हेम कुमारी थपलिया, बिन्दु बुढाथोकी बस्नेत, दीपक सिङ महर्जन, रुपा पौडेल, नमराज भण्डरी, वसन्त पोखरेल, देवराज महर्जन, दीपेश केसी, सुन्दर मिजार, शिवभक्त भुजु लगायतका नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया