‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने उद्घोष गरेका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले बुधबार (२१ कात्तिक) वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनबिना प्रतिस्पर्धामा उत्रने बताएका हुन् । त्यसका लागि तयारीमा लाग्न उनले नेता एवम् कार्यकर्तालाई निर्देशन दिए ।

‘कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन, निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ’ भन्दै नेता श्रेष्ठले पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भएर सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको बताए ।

photo: rss