- श्याम क्षेत्री, टोकियो (जापान)
तमु धीं जापानले ३०औं ल्होसार साँझ २०२५ विभिन्न सांस्कृतिक कार्यक्रमसहित भब्य रुपले मनाउने भएको छ।
मुप्ही ल्हो वर्गलाई बिदा र सप्रि ल्हो वर्गको स्वागत गर्दै तमु धीं जापानले ३०औं लोसार मनाउन लागेको हो ।
टोकियोको सिनागावा स्थित ‘हाना एसियन डाइनिङ्ग रेष्टुरेन्टको सभा हलमा तमु धीं जापानका पूर्व अध्यक्षहरु तथा, वर्तमान कार्यसमितिका सम्पूर्ण पधाधिकारीहरु उपस्थित बैठकले आगामी (सप्रि ल्हो) वर्गको ल्होसार आगामी जनवरी २ तारिख बिहीबारको दिन मनाउने निर्णय गरेको हो।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात् ‘शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ’ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी मान्यतालाई आत्मसात गर्दै सदाझै ल्होसार मनाउना लागेको तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङ्गले जानकारी दिए ।
तमु चलचित्रकर्मी गम बहादुर तमु (गोरे दाइ), गायिका उषा तमुस्यो लगाएत स्थानिय कलाकारहरुको बेजोडको प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रममा जापानमा रहेका कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा नृत्यसहित कार्यक्रमलाई विशेष मनोरञ्जन मुलक बनाउने भएको छ।
प्रतिक्रिया