कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्षअघिको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको छ ।
प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौं बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन्, तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ’, एस्पी बोगटीले भनेका छन् ।
विसं २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
प्रतिक्रिया