नेपाल उमा कुङ्फु सङ्घको पाँचौँ साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष थिए ।
राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कास्यपदक जितेका छन् । सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स खेलमा उनले एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङ्फु प्रतियोगिताको दुई संस्करणमा राईले दुई स्वर्ण जितेका छन् ।
भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका राईले विभिन्न घरेलु प्रतियोगितामा पनि मुख्य निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ चयन भए । त्यस्तै कमल मगर महासचिव, कृष्णकुमार मगर सचिव, सूर्य तामाङ कोषाध्यक्ष र गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भएका छन् ।
प्रतिक्रिया