प्रधानमन्त्रीविरुद्ध भ्रामक हल्ला फैलाएको आरोपमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई आज (४ मंसिर) भक्तपुरस्थित प्रसाईंको निवासबाटै नियन्त्रणमा लिएको हो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै प्रसाईंले एक भिडिओ डकुमेन्ट सार्वजनिक गरेका थिए । सोबापत उनलाई साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीको तयारी रहेको बताइएको छ ।
ज्ञातव्य छ, प्रसाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको डिजिटल डकुमेन्टमा प्रधानमन्त्रीको हस्ताक्षर नै कीर्ते रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया