बेल्जियममा इतिहास रचेका ‘राजनीतिका कोपिला’हरूलाई भब्य सम्मान !
- युरोप प्रतिनिधि, बेल्जियम
आफ्नो कार्यकाल पूरा गरि स्वदेश फर्किन लागेका बेनेलक्सका लागि राजदूत गेहेन्द्र राजभन्डारीको बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । एनआरएनए बेल्जियमद्वारा गत सोमबार (१८ सेप्टेम्बर) आयोजित उक्त कार्यक्रमकै अवसरमा बेल्जियमको स्थानीय निर्वाचनमा नगरपरिषद सदस्यमा विजयी बनेर इतिहास रचेका सुर्य ढकाल र सुश्री प्रज्ञा तिमिल्सेनालाई पनि एनआरएनए बेल्जियमले कदर पत्रसहित सम्मान गरेको छ ।
एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको सभातित्वमा सम्पन्न बिदाइ एवम् सम्मान कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका लागी नेपाली राजदुत थिए भने विशेष अतिथिको रुपमा उपस्थित संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पुर्वअध्यक्ष तथा अनुशासन समितिका संयोजक प्रेम गुरुङ, पूर्वअध्यक्ष चित्र सुवेदी, आईसिसी सदस्यद्वय मदन दवाडी र भीम सुवेदी रहेका थिए ।
लुभेनका नगरपरिषद सदस्य सुर्य ढकाल र ब्रुजबाट नगरपरिषद सदस्य प्रज्ञा तिमल्सेनालाई स्थानीय चुनावबाट प्रतिनिधित्व गर्ने अवसर पाएकोमा नेपाली दुतावास तथा एनआरएनए बेल्जियमले औपचारिक रुपले सम्मासहित शुभकामना दिएको थियो ।

त्यसैगरी, अतिथिको रुपमा नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापती शुभाष गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष विनोद न्यौपाने, जनप्रगतिशील मंचका अध्यक्ष प्रकाश पौडेल, ब्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन खवास, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कृष्ण दाहाल, पासापुच बेल्जियमका उपाध्यक्ष देवु श्रेष्ठ, जनजाती महासंघ बेल्जियमका सचिव रविन बान्तवा, पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, स्तभकार दिल निसानी मगर, पत्रकार सन्तोष न्यैपाने, किरात याकथुङ चुम्लुङका अध्यक्ष वदन लिम्बु, तमु समाज बेल्जियमका उपाध्यक्ष सुर्य गुरुङ, मोना बेल्जियमका अध्यक्ष सुमन थापा मगर, लुम्बिनी कपिलबस्तु अभियानका अध्यक्ष डा. राजेन्द्र बारी, युरोप सल्लाहकार दामोदर आचार्य, काभ्रे समाजका अन्तराष्ट्रिय अध्यक्ष दिनेश उप्रेती, नवलपुर समाजका महासचिव नरहरी सापकोटा, एनआरएन बेल्जियमका सल्लाहकार पुर्ण तिमल्सेना, शालिकराम थपलिया, अन्तराष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष तथा लेखासमितिका संयोजक झलक केसी, पुर्व आईसिसी सदस्यद्वय पद्म गुरुङ र भीम जोशी, पूर्वेली समाज बेल्जियमका संस्थापक अध्यक्ष अनन्त वस्ती लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया